चिनियाँ जनमुक्ति सेना स्थापनाको 95औँ वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रिय रक्षा मन्त्रालयद्वारा भव्य समारोहको आयोजना
2022-08-01 14:53:53cri
Share with:

                        


जन गणतन्त्र चीनको रक्षा मन्त्रालयले जुलाई 31 तारिखका दिन चिनियाँ जनमुक्ति सेना स्थापनाको 95औँ वार्षिकोत्सव मनाउन एक भव्य समारोहको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ, ली ख छ्याङ, ली चान सु, वाङ याङ, वाङ हुनिङ, चाउ ल चि, हान चङ, वाङ छि शान र पार्टी तथा राज्यका अन्य नेताहरू उपस्थित हुनुहुन्थ्यो।

 

केन्द्रीय सैन्य आयोगका सदस्य, राज्य परिषदका सदस्य तथा रक्षा मन्त्री वै फङ हले समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले विगत 95 वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्वमा जनमुक्ति सेनाले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास रक्षाका लागि बलियो सहयोग प्रदान गर्दै विश्व शान्ति कायम गर्न महत्वपूर्ण योगदान गरेको बताउनभुयो।

 

उहाँले नयाँ युग र नयाँ यात्रामा सम्पूर्ण सेनालाई नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिन फिङ विचारधाराबाट निर्देशित हुनुपर्ने र सेनालाई बलियो बनाउने सीको विचारधारालाई पूर्णरूपमा कार्यान्वयन गर्दै सेनालाई बलियो बनाउने बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो।