अशान्त विश्वमा “शान्तिको फौज” अझ मूल्यवान देखिने
2022-08-02 15:34:26cri
Share with:

सन् २०२२ को अगष्ट १ तारिख चिनियाँ जनमुक्ति सेना स्थापनाको ९५ औं वार्षिकोत्सव हो। युद्धबाट उत्तीर्ण भएको चिनियाँ सैन्य फौजले शान्ति खोज्न निकै गाह्रो भएको बुझेकाले शान्तिको संरक्षण गर्ने कुरालाई आफ्नो कार्यभार र कर्तव्यको रूपमा व्यवहार गर्दै आएको छ। नयाँ चीन स्थापना देखियता चिनियाँ सेनाले सधैं नै रक्षात्मक राष्ट्रिय प्रतिरक्षा नीति अपनाउनुका साथै कहिल्यै पनि युद्ध नमच्चाएको र अरू देशका कुनै पनि जमिनमाथि कब्जा जमाएको छैन। हाल चिनियाँ सेना देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने फलामे ग्रेटवल रहेको मात्र नभई विश्व शान्तिको संरक्षण गर्ने दृढ शक्ति पनि बनिसकेको छ।

 

बितेका ३० वर्षयता चीनले अघिपछि गरी संयुक्त राष्ट्र संघका २५ किसिमका शान्ति रक्षा गतिबिधिमा भाग लिँदै शान्ति रक्षा सम्बन्धी लगभग ५० हजार अफिसर र सिपाहीलाई पठाएको छ। तीमध्ये १६ जना चिनियाँ सैनिकले शान्तिपूर्ण कार्यका लागि ज्यानको आहुती दिएका छन्। चीन सुरक्षा परिषद्को स्थायी सदस्यमध्ये सबभन्दा बढी संख्याका सैनिक पठाउने मुलुक बन्नुका साथै संयुक्त राष्ट्र संघको शान्ति रक्षा गतिबिधिका लागि दोस्रो पूँजी बुझाउने मुलुक पनि बनेको देखिन्छ। त्यसैगरी चीनलाई “संयुक्त राष्ट्र संघको शान्ति रक्षा गतिबिधिको केन्द्रीय कारकतत्व र महत्वपूर्ण शक्ति” पनि भनिएको छ।

 

वर्तमान विश्व त्यति शान्त छैन। शीतयुद्धको विचारधारा, प्रभुत्ववाद र सशक्त अधिकार सहितको राजनीति चर्कंदै आएको देखिन्छ। परम्परागत र गैर परम्परागत सुरक्षाबाट आउने त्रास धम्की पनि समय समयमा उत्पन्न हुने गर्दछ। यस्तो डामाडोल विश्वको सामना गर्दा चिनियाँ सेनाले सीमा पार गरी विश्वव्यापी सुरक्षा प्रस्तावलाई व्यवहारमा उतारेर निरन्तर रूपमा विश्व शान्तिलाई निश्चितता थपिदिँदै जानेछ।