थाइवान समस्यामा विश्वासघाती भएको अमेरिकाले आफ्नै इज्जत धुलिसात् पार्ने चिनियाँ परराष्ट्र मन्त्रीको भनाई
2022-08-02 20:52:50cri
Share with:

राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले शाङहाई सहयोग संगठनको विदेश मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर मध्य एसियाको भ्रमण गरेपछि उज्वेकस्तानमा अगष्ट २ तारिख पत्रकारलाई अन्तर्वार्ता दिँदै थाइवान समस्याबारे चीनको गम्भीर अडान स्पष्ट पार्नुभएको छ।

 

वाङ यीले एक मात्र चीनको सिद्धान्त अन्तर्राष्ट्रिय समाजको समान विचार हुनुका साथै चीनको केन्द्रिय हितमध्येको पनि केन्द्रिय हित भएको भन्दै अमेरिकाका केही व्यक्तिले थाइवान समस्यामा निरन्तर रुपमा चीनको सार्वभौमिकता उल्लंघन गरी थाइवान जलडमरुलाई उथलपुथल पार्ने कुरामा चिनियाँ जनताले समर्थन नगरेको कुरा व्यक्त गर्नुभयो।

 

वाङ यीले थाइवान समस्यामा विश्वासघाती भएको अमेरिकाले आफ्नै राष्ट्रिय इज्जतलाई अझ बिगार्ने कुरामा पनि जोड दिनुभयो।