पैचिङमा चिनियाँ अन्तर्राष्ट्रिय सेवा तथा व्यापार मेला अगस्टको अन्त्य र सेप्टेम्बरको सुरुमा आयोजना हुने
2022-08-02 14:48:14cri
Share with:

चिनियाँ वाणिज्य मन्त्रालय र पैचिङ सरकारको संयुक्त आयोजनामा सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा तथा व्यापार मेला अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर ५ तारिखसम्म राष्ट्रिय सम्मेलन केन्द्र र सौ काङ पार्कमा आयोजना हुनेछ।

 

 “२०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा तथा व्यापार मेला”को मुख्य विषय "सेवा सहयोगद्वारा विकासलाई बढावा, हरित नवाचारद्वारा भविष्यको स्वागत" रहेको छ। यस पटकको मेलामा चिनियाँ अन्तर्राष्ट्रिय सेवा तथा व्यापार मेलाको शिखर सम्मेलन, फोरम बैठक, प्रवर्द्धन र वार्ता, उपलब्धि विमोचन, सहयोगी गतिविधिलगायत ६ प्रकारका गतिविधिमा केन्द्रित रहने छन्।


६५ देश र अन्तर्राष्ट्रिय संस्थाहरूले अनलाइन र अफलाइन मार्फत प्रदर्शनी र सम्मेलनहरूमा सहभागी हुनेछन्। संयुक्त राष्ट्र सैघ अन्तर्गत औद्योगिक विकास संगठन र विश्व जलवायु संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका प्रदर्शनी कक्ष पनि रहनेछन् र फोरम तथा बैठकहरू आयोजना गर्नेछन्।