राष्ट्रिय जन कांग्रेस स्थायी समितिका प्रवक्ताद्वारा न्यान्सी पेलोसीको आकस्मिक थाइवान भ्रमणबारे सम्बोधन
2022-08-03 00:14:26cri
Share with:

अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले आकस्मिक रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गरेको विषयबारे राष्ट्रिय जन कांग्रेस स्थायी समितिका प्रवक्ताले अगष्ट २ तारिख राष्ट्रिय जन कांग्रेस स्थायी समितिको तर्फबाट सम्बोधन गर्नुभएको छ।

 

ती प्रवक्ताका अनुसार, अमेरिकी कांग्रेसका प्रतिनिधि सभामुख न्यान्सी पेलोसीले चीनको गम्भीर आपत्ति र कडा विरोधको बावजुद जथाभावी रूपमा चीनको थाइवान क्षेत्रको भ्रमण गरेका छन्। उनको त्यस कारवाई एक मात्र चीन भन्ने सिद्धान्त र चीन अमेरिका बीच ३ वटा संयुक्त विज्ञप्तिको नियम विपरित हुनुका साथै त्यसले चीनको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नतालाई ध्वस्त पारेको छ। साथै त्यस कारवाईले चीन अमेरिका सम्बन्धको राजनीतिक जगमाथि प्रहार गर्नुका साथै थाइवान स्वतन्त्र पक्षधर भन्ने पृथकतावादी शक्तिलाई गलत संकेत पनि दिएको छ।

 

राष्ट्रिय जन कांग्रेसले त्यस कारवाईको दृढताका साथ विरोध गर्दै त्यसको कडा शब्दमा निन्दा गरेको कुरा पनि ती प्रवक्ताले औंल्याउनुभएको छ।