चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत थाइवान मामिला कार्यालयद्वारा पेलोसीको थाइवान भ्रमणबारे वक्तव्य प्रकाशित
2022-08-03 00:15:29cri
Share with:

अमेरिकी काग्रेसको प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले अगष्ट २ तारिख चीनको थाइवानको भ्रमण गर्नुभएको छ। यो थाइवान र अमेरिका बीचको साँठगाँठ हो। त्यसको परिणाम निकै गम्भीर छ। जुन चीनको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णतामाथिको गम्भिर उल्लंघन हुनुका साथै एक मात्र चीनको सिद्धान्त र चीन तथा अमेरिका बीचका तीनवटा संयुक्त विज्ञप्ति विपरित भएको र अन्तर्राष्ट्रिय ऐन तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डमा गम्भीर थिचोमिचो हो। चीनले त्यसको दृढताका साथ विरोध गर्दै कडा शव्दमा निन्दा गरेको थाइवान मामिला कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

विश्वमा एउटै मात्र चीन छ। थाइवान चीनको अविच्छिन्न एउटा भाग हो। थाइवान मामिला चीनको आन्तरिक मामिला हो। कुनै पनि वाह्य शक्तिले त्यसमा हस्तक्षेप गर्नुहुँदैन भन्ने कुरा पनि विज्ञप्तिमा लेखिएको छ।