अमेरिकाले थाइवान जलडमरुका शान्ति र स्थिरतालाई विथोलेकोमा नतिजा बेहोर्नुपर्छ
2022-08-03 18:43:40cri
Share with:

चीनले जनाएको दृढ विरोध र गम्भिर कुराकानीलाई बावजुद गरी अमेरिकी काग्रेसको प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले  अगष्ट २ तारिख चीनको थाइवानको भ्रमण गर्नुभयो। जुन अमेरिका र थाइवानबीचको सरकारी आदान-प्रदानलाई चर्को पार्ने राजनीतिक त्रास-धम्की हो। जसले एक मात्र चीनको सिद्धान्त तथा चीन र अमेरिका बीचको तीनवटा संयुक्त विज्ञप्तिलाई गम्भीरताका साथ उल्लंघन गरी चीन अमेरिका सम्बन्धको राजनीतिक आधारलाई क्षति पुर्‍याएर चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णतामाथि गम्भिरताका साथ क्षति पुर्‍याएको छ। चीनले राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको संरक्षण गर्नका लागि अवश्यै नै सबै आवश्यक कदमहरु चाल्ने छ।

 

थाइवान मामिला चीनको केन्द्रीय हितसँग सम्बन्धित छ। चीन र अमेरिका बीचको तीनवटा संयुक्त विज्ञप्तिमा विश्वमा एक मात्र चीन हो, थाइवान चीनको एउटा भाग हो र जन गणतन्त्र चीन सरकार चीनको एउटै मात्र बैधानिक सरकार हो भन्ने कुरा अमेरिकाले मानेको तोकिएको थियो।

अमेरिका सरकारको तेस्रो नेता रहेकी पेलोसीले राजनीतिक स्वार्थका लागि गरेको यस्तो खतरनाक चुनौतिले चीन-अमेरिका सम्बन्ध, क्षेत्रीय सुरक्षा र अमेरिकालाई ठूलो हानि पुर्‍याएको छ।