चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरूबीच “बेल्ट एण्ड रोड” को साझा निर्माणको महत्त्वपूर्ण परियोजना हंगेरी-सर्बिया रेलमार्ग
2022-08-05 09:59:47cri
Share with:

“बेल्ट एण्ड रोड” को साझा निर्माणले फरक मुलुकका जनताको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। हंगेरी-सर्बिया रेलमार्गमध्ये बेलग्रेडदेखि नोभीसेडसम्मको रेलमार्ग संचालन भएपछि सर्बियाका सर्वसाधारणकालागि यात्रा सुविधाजनक भएको छ।

 

हंगेरी-सर्बिया रेलमार्ग चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरूबीच “बेल्ट एण्ड रोड” को संयुक्त रुपमा निर्माण गर्ने महत्त्वपूर्ण परियोजना हो। हाल चिनियाँ रेलमार्ग समूहले सर्बियाका सहयोगात्मक साझेदारसँग मिलेर हंगेरी-सर्बिया रेलमार्गमध्येको अन्तिम भागको निर्माण गर्दैआएको छ।

 

हंगेरी-सर्बिया रेलमार्गको कुल लम्बाइ ३५० किलोमिटर छ। तीमध्ये सर्बियामा रेलमार्गको कुल लम्बाइ १८३ किलोमिटर छ। निर्धारित योजनाअनुसार, हंगेरी-सर्बिया रेलमार्ग सन् २०२५ को वसन्त ऋतुमा पूर्ण रुपमा संचालनमा आउने छ।

 

चिनियाँ रेलमार्ग समूहका सर्बियाली कर्मचारी मिलान बानोभिकले  हंगेरी-सर्बिया रेलमार्गको निर्माण शुरु भएको दोस्रो वर्षमा चिनियाँ टोलीमा संलग्न भएका छन्। उनले आफ्नो कार्य क्षमता ठूलो मात्रामा उकासिएको बताए। उनी भन्छन् “चिनियाँ कर्मचारीहरूले सर्बियाको विकासका लागि ठूलो योगदान दिएका छन्। प्रविधि, उद्योग, अर्थतन्त्रको क्षेत्रमा हामीले चीनबाट धेरै कुरा सिकेका छौँ।”

 

चेल्जिको रोसिक हंगेरी-सर्बिया रेलमार्ग परियोजनाको इस्पात संरचनाका व्यापारी हुन्। उनको आँखामा सर्बिया र चीन यी दुबै मुलुकका उद्योग-व्यवसायीहरूको सहयोग अभूतपूर्व छ। भविष्यमा दुई मुलुकको सहयोग निरन्तर रुपमा गहिरो हुने छ। चेल्जिको भन्छन् “दुई मुलुकको सहयोगप्रति म सन्तुष्ट छु। हाम्रो आदान-प्रदान राम्रो छ। मुलुकस्तरीय सहयोगप्रति म धन्यवाद दिनचाहन्छु। चीन र सर्बियाको सहयोग अभूतपूर्व छ। सर्बियाले चिनियाँ उद्योग-व्यवसायको सहयोगमा यस्तो प्रवृत्तलाई निरन्तर रुपमा कायम राख्ने आशा मैले लिएको छु।”

 

सर्बियाका राष्ट्रपति अलेक्जाण्डर भूसिकले हंगेरी-सर्बिया रेलमार्ग परियोजनाको निर्माण अवस्थाबारे धेरै पटक निरीक्षण गर्नुभएको छ। उहाँको विचारमा हंगेरी-सर्बिया रेलमार्ग सर्बियालीहरूका लागि निकै महत्त्वपूर्ण छ। यो रेलमार्ग सन्तानलाई दिने उपहार हो। हंगेरी-सर्बिया रेलमार्ग सर्बिया, चीन र हंगेरीले “बेल्ट एण्ड रोड” प्रारुपमा गरेको सफल सहयोग हो।

 

हंगेरी-सर्बिया रेलमार्गमध्ये बेलग्रेडदेखि नोभीसेडसम्मको रेलमा बसेका सर्बियाका उच्च माध्यमिक विद्यालयका विद्यार्थी अलेक्जेन्डर भन्छन्

“मलाई गौरव लाग्यो। किनभने हाम्रो देशमा यस्तो द्रुत रेल छ। अहिले हामी विद्यार्थी हौँ, हामी हुर्केपछि यो रेलमार्गले हामीलाई अझै ठूलो योगदान दिने छ।”