जी-७ को ताइवान सम्बन्धी गलत वक्तव्यमा जापानको सहभागिताप्रति चीनको आपत्ति
2022-08-05 15:09:38cri
Share with:

अगष्ट 4 तारिख चिनियाँ उप परराष्ट्र मन्त्री तङ लीले चीनका लागि जापानी राजदूत तारुमी हिदेओलाई बोलाएर जी-७ विदेशमन्त्री र विदेश मामिला तथा सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधिले जारी गरेको ताइवानबारेको वक्तव्यलाई लिएर जापानसँग कडा विरोध गर्नुभएको छ।

 

तङ लीले भन्नुभयो, “जापानले जी-७ र युरोपेली संघ मिलेर ताइवानको बारेमा गलत वक्तव्य जारी गरी चीनमाथि अनुचित आरोप लगाएर चीनको बदनाम गरेको छ। यसरी चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप गरेको छ र यसबाट अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता र चीन-जापान चार राजनीतिक सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको छ। साथै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर गलत संकेत पठाएको छ। चीनले यसको कडा विरोध र कडा निन्दा गर्दछ।”

 

तङ लीले ताइवान चीनको अविभाज्य भाग भएको र ताइवान मुद्दा विशुद्ध रूपमा चीनको आन्तरिक मामिला भएको औंल्याउनुभयो।