शान्तिको नारा उराल्ने अमेरिकाद्वारा नै वास्तविक गतिविधिमार्फत् शान्तिको ध्वंस
2022-08-06 16:51:20cri
Share with:

अमेरिकी कांग्रेस प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले हाल चीनको ताइवान क्षेत्रको आकस्मिक भ्रमण गर्नुभएबाट क्षेत्रीय शान्तिलाई प्रवर्द्धन गरिने दाबी गर्नुभएको थियो। त्यसैगरी ७ मुलुक समूहले तथाकथित वक्तव्य प्रकाशित गर्दै चीनको उचित प्रतिकारबाट सम्भवत: क्षेत्रीय परिस्थितिलाई तनावपूर्ण बनाइने भन्दै बदनाम गर्नुका साथै शान्तिपूर्ण तवरले ताइवान दुई किनाराको मतभेदको समाधान गर्ने दाबी गरेको छ।

 

बितेका केही दिनयता विश्वका १ सयभन्दा बढी मुलुकले आ-आफ्नो तरिकामार्फत एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राख्ने र सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको संरक्षण गर्न चीनलाई समर्थन गर्दै जाने स्पष्ट धारणा व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले पनि एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राख्दै जाने पुनर्पुष्टी गर्नुका साथै सन् १९७१ संयुक्त राष्ट्र संघ महासभाको चीन सम्बन्धी २७५८ नं. निर्णय प्रस्तावको अक्षरश: पालना गर्दै जाने कुरा पनि दोहोर्याउनुभएको छ।

 

शान्ति सम्पूर्ण मानव जातिको साझा लक्ष्य भएकाले आपराधिक गतिविधिलाई लुकाउने लुगा होइन। शान्ति सम्पूर्ण मानव जातिले कायम राख्ने साझा मूल्य भएकाले विश्वलाई ध्वस्त पारिने साधन होइन। शान्ति सम्पूर्ण मानव जातिले प्रयास गर्ने साझा भाग्य भएकाले प्रभुत्ववादको संरक्षण गर्ने तरिका होइन।