जङ्गली कवि चाउ च्ये
2022-08-07 17:02:18cri
Share with:

फलफूलका लागि सिर्जित रोमान्टिक कविता कुनै प्रसिद्ध कविले लेखेको होइन, बरू त्यो चीनको पूर्वी भागको चच्याङ प्रान्तको चुची शहरका एकजना फलफूल पसलका साहुजीले सिर्जना गर्नुभएको हो। ती साहुजीको नाम चाउ च्ये हो। उहाँ बिहान फलफूल बेच्नुहुन्छ र बेलुकी कविता लेख्नुहुन्छ। बितेका ६ वर्षको अवधिमा उहाँले ३ सयभन्दा बढी कविताको सिर्जना गर्नुभएको छ। उहाँलाई जङ्गली कवि भनिन्छ।