पेलोसीको "लोकतान्त्रिक" विषाक्त चक्कीलाई अमेरिकीहरूले समेत गाली गरिरहेका छन्
2022-08-08 20:03:13CRI
Share with:

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले आफू "लोकतन्त्रको पक्षमा रहेको" दाबी गर्दै चीनको थाइवान भ्रमण गरेको बताएकी थिइन्। तर थाइवानका मानिसहरूले यसलाई स्पष्ट रूपमा देखेका छन्। थाइवानको "चाइना टाइम्स न्युज नेटवर्क" को हालैको रिपोर्ट अनुसार, थाइवानमा भएको एक अनलाइन सर्वेक्षणले देखायो कि थाइवानका ७५ प्रतिशतभन्दा बढी मानिसहरूले "थाइवान प्रजातन्त्र" का लागि पेलोसीको तथाकथित समर्थनमा "विश्वास छैन। " थाइवानका केही प्रदर्शनकारीहरूले पेलोसी "आफ्नो स्वार्थ, राजनीतिक दलको हित र अमेरिकाको हितका लागि" थाइवान आएका कुरा औंल्याएका छन्। केही प्रदर्शनकारीहरूले "थाइवानका जनताले शान्ति मन पराउँछन् र  राष्ट्रघात गर्न अस्वीकार गर्छन्।"

अमेरिकीहरू यसबारे राम्ररी जानकार छन्। स्थानीय समय अनुसार अगष्ट ५ तारिख ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले "चीन-अमेरिका सम्बन्ध बिग्रनुको लागि पेलोसी जिम्मेवार हुनुपर्ने हो कि होइन" भनी सोधेका छन्। केही पत्रकारहरूले पेलोसीको थाइवान भ्रमणले "थाइवान जलडमरु अवस्थालाई बढाएको" औँल्याएका छन्। पेलोसी जस्ता अमेरिकी राजनीतिज्ञहरूले चीनको सार्वभौमसत्ता र सुरक्षा हितलाई हानि पुऱ्याउने, थाइवान जलडमरुमा तनाव बढाउनेचीन र अमेरिकाबीचको द्वन्द्व बढाउने कामको पूर्ण जिम्मेवारी लिनुपर्छ र यसको मूल्य निश्चित रूपमा चुकाउनु पर्छ।

पछिल्ला केही दिनहरूमा चीनको वैधानिक प्रतिवादले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन प्राप्त गरेको छ। पेलोसीलाई थाइवान गएकोमा १७० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूले एक चीन सिद्धान्तप्रति अडिग रहेको र चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आफ्नो समर्थन व्यक्त गरेको भन्दै निन्दा गर्न अगाडि आएका छन्।