चिनियाँ विशेषतायुक्त मिठो खाना नाइजेरियामा प्रदर्शन
2022-08-08 09:38:08cri
Share with:

जुन १८ तारिख संयुक्त राष्ट्र संघले तोकेको “अन्तर्राष्ट्रिय मिठो खाना दिवस” हो। सोही दिन अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको मुलुक नाइजेरियाले राजधानी आबुजामा मेला तथा मिठो खाना दिवस सम्बन्धी कार्यक्रमहरुको आयोजना गरेको छ। असल रंग र मिठो चिनियाँ खाना र खाजाहरुले यस दिवसमा प्रदर्शन गरी स्थानीय ग्राहकलाई आकर्षण गरेका छन्।

सन् २०२२ “अन्तर्राष्ट्रिय मिठो खाना दिवस” सम्बन्धित कार्यक्रमहरु नाइजेरियाको राष्ट्रिय सत्कार तथा पर्यटन क्याम्पसबाट आयोजित भएको हो। नाइजेरियाका लागि चिनियाँ राजदूतावास, इथियोपियाको राजदूतावास र स्पेनको राजदूतावासले पनि यस कार्यक्रममा सघाएका छन्। आबुजा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रवेश द्वारमा एउटा ठूलो व्यानरमा चिनियाँ र अंग्रेजी भाषाबाट “चिनियाँ संस्कृतिको उपभोग गरौं, चीन र नाइजेरियाबीच मेलमिलापको ताल मिला‌औं” लेखिएको छ। मिठो खाना सम्बन्धी संस्कृतिबाट चीन र नाइजेरियाबीचको मेलमिलापयुक्त सम्बन्धको कसरी प्रदर्शन गर्ने भन्ने विषयबारे चर्चा गर्दै नाइजेरियाका लागि चिनियाँ राजदूतावासका सांस्कृतिक कन्सुलर, नाइजेरियाको चिनियाँ संस्कृति केन्द्रका प्रमुख ली श्वी ता यसरी भन्नुहुन्छ,

मिठो खाना सम्बन्धी संस्कृति सांस्कृतिक कार्यक्रमहरुमध्ये एउटा महत्वपूर्ण भाग हो। चीन र नाइजेरिया दुई देशका प्रशस्त खाने स्रोत छन् र दुई देशले खाना पकाउने प्रविधिलाई महत्व दिन्छन्। “अन्तर्राष्ट्रिय मिठो खाना दिवस”को उपलक्ष्यमा हामीले खाना सम्बन्धी संस्कृतिमार्फत दुई देशका संस्कृति बीचको आदान प्रदानलाई अघि बढाएर चीन नाइजेरिया परम्परागत मित्रतालाई सबल पारेका छौं।

अन्तर्राष्ट्रिय मिठो खाना दिवसको तत्स्थानमा नाइजेरियाका लागि चिनियाँ व्यवसायका भान्सेहरुबाट गठित चिनियाँ मिठो खानाको स्टलमा भिड भयो। सेकुवा मासु, रोटी, माछा चाउ चाउ, भुटिएको तौ फु लगायत चिनियाँ विशेषतायुक्त खाजाले नाइजेरियालीहरुको स्वागत पाएको छ। आबुजाको एउटा माध्यमिक विद्यालयकी प्रिन्सिपल मागरिट आनन्दसँग चिनियाँ खाजा खाँदै भन्छिन्,

धेरै मिठो छ। मलाई एकदम मन पर्छ। यस्तो सुअवसर र अनुभव पाएकोमा म गदगद भएँ। मेरो लागि चिनियाँ खाजा खाएको यो पहिलो पटक हो। मलाई गौरब लाग्यो।

अन्तर्राष्ट्रिय मिठो खाना दिवसले स्थानीय वासिन्दाहरुलाई आकर्षण गर्नुका साथै नाइजेरियास्थित चिनियाँ व्यवसाय र संस्थाका कर्मचारीहरुलाई पनि आकर्षण गरेको छ। नाइजेरियास्थित चिनियाँ रेल कम्पनीकी कर्मचारी मो चङ च्युनको मनमा स्थानीय खाना तथा चिनियाँ खाना गहिरो छाप परेको छ। उनी भन्छिन्,

धेरै रमाइलो छ र भिड भयो। विभिन्न स्थानका मिठो खाना खाने मौका कम छ, विशेष गरी नाइजेरियाका केही परम्परागत खानाहरु। मैले यहाँ राखिएको सबै खाजाहरु चाखेकी छु।

सन् २०१६ को डिसेम्बरमा संयुक्त राष्ट्र संघको महाधिवेशनले हरेक वर्षको जुन १८ तारिखलाई “अन्तर्राष्ट्रिय मिठो खाना दिवस” राख्ने निर्णय प्रस्ताव पारित गरेको थियो। सो निर्णय प्रस्तावका अनुसार, मिठो खाना विश्वका प्रकृति र संस्कृतिको विविधता सम्बन्धी प्रदर्शनको रुप हो, सबै संस्कृति र सभ्यताले दिगो विकासलाई अघि बढाउनसक्छ र त्यो दिगो विकासको महत्वपूर्ण प्रेरित शक्ति हो। चालू वर्ष नाइजेरियाका लागि चिनियाँ राजदूतावास र नाइजेरियामा तैनाथ चिनियाँ व्यवसायहरुले “अन्तर्राष्ट्रिय मिठो खाना दिवस” नाइजेरियाका कार्यक्रमहरुमा भाग लिएको दोस्रो पटक हो।