आज राष्ट्रिय फिटनेस दिवस
2022-08-08 15:32:48cri
Share with:

सन् २००८ को अगस्ट ८ तारिख पैचिङ ग्रीष्म ओलम्पिक खेलकुद समारोह आयोजना भएकोले सोही दिनला चीनको पहिलो राष्ट्रिय फिटनेस दिवस निश्चित गरिएको थियो। आज चीनको १४औँ राष्ट्रिय फिटनेस दिवस हो। यस अवसरमा चीनका विभिन्न ठाउँमा शारीरिक रूपमा स्वस्थ तथा तन्दुरूस्त हुनकालागि विविध गतिविधिको आयोजना गरिएको छ। 

चीनको हपै प्रान्त र हुपै प्रान्तमा डोरी तान्ने प्रतियोगिताको आयोजना गरियो। यस्तै, शानतोङ प्रान्तमा बालबालिकाको रोलर स्केटिङ प्रतियोगिताको आयोजना गरिएको छ साथै वृद्धवृद्धाहरूले रङ्गीन ड्रैगनलाई हल्लाउने तालिम पनि लिएका छन्। क्वी चौ प्रान्तमा पहाडी दौड प्रतियोगिताको आयोजित भयो।