चीनको वैदेशिक व्यापारको बृद्धिदर "आशा भन्दा राम्रो "
2022-08-09 20:36:56CRI
Share with:


३ खर्ब ३२ अर्ब ९६ करोड अमेरिकी डलर, १८ प्रतिशतले बृद्धि। गत जुलाईमा चिनियाँ अखिल भन्सार कार्यालयले जारी गरेको चीनको निकासी तथ्याङ्कले पुन: अपेक्षाभन्दा राम्रो वृद्धि पाएको छ। बलियो निर्यातद्वारा संचालित, जुलाईका लागि चीनको व्यापार बचत एक खर्ब एक अर्ब २६ करोड अमेरिकी डलर पुगेको छ। यो ८१.५ प्रतिशतले वृद्धि भएको हो र सोही अवधिको रेकर्ड उच्च बनाएको छ।

सोबारे हङकङको "साउथ चाइना मर्निङ पोस्ट" ले वर्णन गर्दै "आश्चर्य" शब्द प्रयोग गरेको छ। अमेरिकी उपभोक्ता समाचार र व्यापार च्यानलले जुलाईमा चीनको निर्यात "अपेक्षाभन्दा राम्रो" भएको टिप्पणी गरेको छ, जसले चिनियाँ अर्थतन्त्रलाई प्रोत्साहन दिनेछ।

चीनको वैदेशिक व्यापार प्रदर्शनले अपेक्षाहरू पार गरेको यो पहिलो भने होइन। महामारीको अल्पकालीन प्रभाव र बाह्य परिस्थितिमा बढ्दो अनिश्चितताबाट प्रभावित चीनको वैदेशिक व्यापार वृद्धिदर अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो। तर मेदेखि जुलाईसम्ममा तीव्र गतिमा उकालो लाग्यो। समग्रमा यस वर्षको पहिलो सात महिनामा चीनको कुल आयात र निर्यात वार्षिक रूपमा १०.४ प्रतिशतले बढेको छ। सुस्त विश्वव्यापी आर्थिक सुधार र कमजोर व्यापार तथा लगानीका सन्दर्भमा यो दुर्लभ हो। विश्व औद्योगिक शृङ्खला र आपूर्ति शृङ्खलामा चीनको महत्वपूर्ण स्थान अपरिवर्तनीय छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

चीनको विकास विश्वसँग अविभाज्य छ र विश्वको समृद्धिका लागि पनि चीन अति आवश्यक छ। चीनको वैदेशिक व्यापारका उपलब्धिहरू पनि आन्तरिक मागको निरन्तर मुक्तिबाट अविभाज्य छन्। लामो समयदेखि चीनले व्यावहारिक कार्यहरूद्वारा आर्थिक भूमण्डलीकरणको प्रवर्द्धन गर्दै आएको छ। तसर्थ, चीनले विश्वलाई प्रदान गरेको कुरा पूर्ण कार्यात्मक उत्पादन केन्द्र, असीमित सम्भावना भएको उपभोक्ता बजार मात्र होइन, खुलापन विस्तार गरेर विश्व अर्थतन्त्रको पुनरुत्थानलाई प्रवर्द्धन गर्ने विकास नमूना पनि हो।