माल्टाका शिक्षक र विद्यार्थीहरूलाई सी चिनफिङद्वारा पत्राचार
2022-08-09 18:34:26CRI
Share with:

 हाल चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले माल्टा मध्यम स्तरीय विद्यालय सेन्ट मार्गरेट स्कुलको "चाइना कर्नर" का विद्यार्थीहरूको पत्रको प्रत्युत्तर पठाउँदै माल्टाका युवायुवतीलाई चीन र माल्टाबीचको मानवीय तथा साँस्कृतिक आदानप्रदानमा भाग लिन प्रेरित गर्नुभएको छ। यस वर्ष चीन र माल्टाबीचको दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव हो। दुवै पक्षबीचको सम्बन्धमा भिन्न इतिहास र भिन्न सँस्कृतिबीच आदानप्रदान भएको राम्रो नमूना स्थापित भएको छ। राष्ट्राध्यक्ष सीका अनिसार चीन र माल्टाको सँयुक्त प्रयासमा सेन्ट मार्गरेट स्कुलको "चाइना कर्नर"ले माल्टाका युवायुवतीलाई चीनप्रतिको बुझाई बढाउनका लागि सकारात्मक भूमिका सिर्जना गरेको छ।  "चाइना कर्नर" झन बढी राम्रोसँग सम्योजित हुने र शिक्षा तथा विद्यार्थीले आदानप्रदान र पढाइका लागि चीनमा आउने आशा उहाँले गर्नुभएको छ।