‘अमेरिकाले मध्य पूर्वी क्षेत्रमा गम्भीर मानव अधिकार उल्लङ्घन’ - चीनको मानव अधिकार अनुसन्धान संघद्वारा रिपोर्ट सार्वजनिक
2022-08-09 14:50:16cri
Share with:

चीनको मानव अधिकार अनुसन्धान संघले आज अगस्ट ९ तारिख अमेरिकाले मध्य पूर्वी क्षेत्रमा गम्भीर मानव अधिकार उल्लङ्घन गरेको रिपोर्ट सार्वजनिक गरेको छ। अमेरिका एक मुलुकको रूपमा स्थापना भएदेखि सधैँ युद्धमा होमिएको छ। करिब २० वर्ष मात्र युद्धमा मुछिएको नदेखिएकोले अमेरिका एउटायुद्ध साम्राज्यभएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ। 

अमेरिकाले मध्य पूर्वी क्षेत्रमा आफूलाई नमान्ने मुलुक र संगठनमाथि प्रहार गरेको, बाध्यात्मक रूपमा अमेरिकी मूल्य मान्यतालाई कार्यान्वयन गरेको, वास्तवमा अमेरिकी प्रभुत्ववादको संरक्षण गरेको, गम्भीर रूपमा मध्य पूर्वी क्षेत्रका सम्बन्धित मुलुकका सार्वभौमिकता र स्थानिय जनताको विकास अधिकार र स्वास्थ्य अधिकारलाई आघात पुर्याएको उक्त रिपोर्टमा उल्लेख छ। 

अमेरिकी सरकारले कोभिड महामारी विश्वमा फैलिरहेको अवस्थामा वेवास्ता गरेर ईरान र सिरिया आदि मुलुकमाथि नाकाबन्दी लगाएको र यसबाट यी मुलुकले महामारीको प्रतिरोध गर्ने सामग्री पाउन कठिन भएको पनि उक्त रिपोर्टमा उल्लेख छ।