#अल्पसंख्यक जाति# जन्मथलोको उत्पादन पहाडबाट बाहिर पठाउने तिब्बती युवती
2022-08-09 11:06:30CRI
Share with:

“प्रत्यक्ष प्रसारण हेरिरेका साथीहरू, स्वागत छ। आज हामी तिब्बती मिठाइको विक्री गर्छौं। किनमेल लिङ्क प्रकाशित भइसक्यो। साथीहरू प्रत्यक्ष रूपमा किन्नुहोस्।” एउटा टेबुल, एउटा मोबाइल फोन र एउटा कम्प्युटर, यो तिब्बती युवती ताइछिङयुङछोको "प्रत्यक्ष प्रसारण स्टुडियो" हो। 

यस वर्ष २५ वर्षीय ताइछिङयुङछो उत्तर-पश्चिमी चीनको छिङहाइ प्रान्तीय युशु तिब्बत जातीय प्रिफेक्चरको स्याङगो गाउँकी हुन्। त्यहाँको सरदर उचाइ ३५०० मिटर रहेको छ। पूरै प्राकृतिक घाँसे मैदान भएको क्षेत्रमा  फर्न हेम्प, चौँरीको दूध, चौँरीको मासु आदि त्यहाँ विशेषतायुक्त हरियो जैविक उत्पादन हुन्। तर यातायात असुविधा र प्रचार मञ्चको अभाव भएका हुनाले लामो समयमा स्थानीय कृषि उत्पादन बाहिर जान गाह्रो थियो।

ताइछिङयुङछो विश्वविद्यालयबाट स्नातक भएपछि शहरमा प्रत्येक महिना आम्दानी दश हजार युआनभन्दा बढी भएको बिक्री कार्य पाएकी थिइन्। सन् २०१९ मा उनी बिक्री कार्य छोडेर जन्मथलो फर्किन्।

“बुवालाई पसल सञ्चालन गर्ने मान्छे आश्वयक थियो। मैले स्वरोजगारमार्फत् युशुको प्राकृतिक हरित उत्पादन पहाडबाट पठाउने योजना बनाएँ।” ताइछिङयुङछोले भनिन्।

घर फर्केर ताइछिङयुङछोले बुवाको हातबाट पसलको सञ्चालन गर्न थालिन्। उनी विविध तरिकामार्फत उत्पादनको प्रचार बढ्नुका साथै बिक्री मञ्च व्यापक पारेकी छिन्। क्रमशः पसलको व्यापार राम्रो बन्दैछ। कृषि विशेषतायुक्त उत्पादनको बिक्री बढाउनका लागि ताइछिङयुङछोले गत वर्ष एउटा कम्पनी दर्ता गरेकी छिन्। साथै उनले ४० भन्दा बढी स्थानीय पशुपालन परिवार तथा सहकारीसँग आपूर्ति-बिक्री सन्धिमा हस्ताक्षर गर्नुका साथै तिब्बत, सछ्वान तथा युननान लगायत क्षेत्रमा कृषि उत्पादनका लागि लगभग ३० एजेन्ट सम्पर्क गरेकी छिन्।  दुई वर्षमा प्रत्यक्ष प्रसारण, अधिकृत एजेन्ट, सहकारी खरीद तथा बिक्री आदि च्यानलबाट सहकारी र वरिपरी पशुपालकलाई विशेषतायुक्त कृषि उत्पादन बेच्न मद्दत गर्छिन्। पसलको आय सुरूको ९० हजार युआनबाट सन् २०२१को ७ लाख ९० हजार युआनसम्म बढेको छ।

 

 यस वर्षदेखि ताइछिङयुङछोले प्रत्यक्ष प्रसारणमार्फत उत्पादनको बिक्री गर्नथालेकी छिन्। सुरूमा उनको प्रत्यक्ष प्रसारण हेर्ने मान्छे थोरै मात्रै थिए। हाल हरेकपटक उनको प्रत्यक्ष प्रसारण हेर्ने सङ्ख्या सयौं पुगेको छ। प्रत्यक्ष प्रसारणमार्फत बेच्ने आम्दानी ३ लाख ९० हजार युआन पुगेको ताइछिङयुङछोले जानकारी दिइन्। अन लाइनको बिक्री जोडेर यस पूर्वार्ध वर्ष कम्पनीको आम्दानी १२ लाख युआनभन्दा बढी हुनेछ। 

पहिले पहाडमा लुकेर अल्पसंख्यक मान्छेलाई मात्रै थाहा थियो। हाल यी विशेषतायुक्त कृषि उत्पादनहरू धनी बन्ने सम्पति बनेको छ। बजारको मागसँग अनुकुल अझ बढी उत्पादनको विकास गर्न भविष्यमा ताइछिङयुङछोले कृषि तथा पशु उत्पादनको संशोधन गर्ने योजना बनाएकी छन्। साथै उनले स्थानीय महिला संघसँग सहयोग गरेर महिला तालिम केन्द्रको स्थापना गरेर पशुपालन क्षेत्रका महिलाहरूलाई आय बढाउन सहयोग गर्नेछिन्। 

 

“हाम्रो प्रयासमा जन्मथलोको विशेषतायुक्त कृषि उत्पादन बाहिर बिक्री गरिएका छन्। उत्पादनप्रति उपभोक्ताको विश्वास पाउँदा मलाई ज्यादै सन्तुष्ट लागेको छ। लाभ र आनन्दको भावना गुणामा बढेको छ।”  ताइछिङयुङछोले विश्वासिलो रूपमा भनिन्।