चीनको प्राचीन पश्चिमी चौ वंश तथा वसन्त-शरद्‍काल र युद्धराज्यकाल-1
2022-08-10 09:04:40cri
Share with:

श्या वंश र शाङ्ग वंशपछि चीनको प्राचीन कालको तेश्रो शासक वंश— चौ वंश थियो जसको शासनकाल इशापूर्व 1027 देखि इशापूर्व 256 सम्म थियो। इशापूर्व 256 मा छिंग वंशले चौ वंशलाई आफूमा समाहित नगरेसम्मको अवधि जम्मा 770 हुनआउँछ। चौ वंशको राजधानी अन्तै सरेको दिनलाई एउटा समय-विन्दु ठानेर राजधानी सर्नुभन्दा पहिलेको चौ वंशलाई पश्चिमी चौ वंश भनिन्थ्यो भने राजधानी सरेपछिको चौ वंशलाई पूर्वी चौ वंश भनिन्थ्यो। पूर्वी चौ वंशलाई फेरि वसन्त-शरद्‍काल र युद्ध-राज्यकालमा विभाजित गरिएको थियो।

पश्चिमी चौ वंश इशापूर्व 1027 मा स्थापित भएको थियो र त्यो इशापूर्व 771 सालमा पतन भयो। त्यसको इतिहास 257 वर्ष थियो। चौ वंशका प्रथम सम्राट चौ ऊ वाङ्गले राजधानीलाई काउ भन्ने ठाउँ (जुन अहिलेको पल्लो शान सी प्रान्तको सी आन शहरदेखि उत्तर पश्चिमी भागमा पर्छ।) मा सारिसकेपछि गठबन्धन सेनाको नेतृत्व गर्दै शाङ्ग वंशमाथि आक्रमण गर्नुभयो र यसमा विजय पनि पाउनुभयो। उहाँ बित्नुभएपछि उहाँका उत्तराधिकारी— छोरा चौ छंग वाङ्ग सम्राट बन्नुभयो। तर कलिलै उमेरका कारण उहाँ राज्यको शासन चलाउन असक्षम हुनुभयो। त्यसैले उहाँका काका चौ कोंग तानले राज्यको वास्तविक अधिकार आफ्नो हातमा लिएर शासन गर्नुभएको थियो। चौ कोंग तानले आन्तरिक स्थितिलाई स्थिर पार्नुभएपछि प्रशस्त सैनिकहरुलाई लिएर पूर्वतिर धावा बोल्दै विद्रोह त्यहाँ भएको विद्रोह साम्य पार्न सफल हुनुभयो। चौ कोंग तानले विजयका उपलव्धिहरुलाई मजबुत पार्ने अनेकन् महत्वपूर्ण पाइलाहरु चाल्नुभएको थियो। त्यसपछि मुलुकमा शान्त र फलिफापयुक्त स्थिति देखा परेको थियो। यसैकारण सो अवधिलाई इतिहासकारहरुले "सफल शासनकाल"को संज्ञा दिएका छन।
चीं वंशमा अवलम्बन गरिएका राष्ट्रिय परिपाटीको आफ्नै विशेषता थियो। यसमध्येका महत्वपूर्ण कुराहरु चीं भनिने चिनियाँ अक्षरजस्तो आकारको प्रशासन व्यवस्था (जसमा गाउँका समूहलाई नौवटा परीवारमा विभाजित गरी तीमध्ये एउटा परिवारलाई नेपालको मुखियाजस्तो बनाइने र उनले ती अरु आठवटा परीवारको सम्पूर्ण प्रशासनिक-सामाजिक दायित्व वहन गर्ने परिपाटी), धार्मिक कानून परिपाटी, शिष्टाचार परिपाटी आदि समावेश थिए।
वसन्त-शरद्‍काल इशापूर्व 770 देखि इशापूर्व 476 सम्मको अवधिमा पर्दथ्यो। आर्थिक विकास र जनसंख्याको वृद्धि हुनुका साथसाथै ठूल्ठूला मुलुकहरुका बीच प्रभुत्वका लागि चर्को संघर्ष भएको थियो। तिनताकाको सामाजिक स्थितिमा अत्यन्तै ठूलो परिवर्तन भएको थियो। कृषि उत्पादनतर्फ फलामे कृषि औजारको प्रयोग गर्न थालियो। यस सिलसिलामा क्रमशः गाई-गोरुलाई जोताउने र जल संभारको विकास गर्ने कार्यलाई पनि जोडतोडसँग अघि बढाइएको थियो। यसबाट अन्न-बालीको उब्जनी मात्रा धेरै बढेको थियो। वसन्त-शरद्‍काल वास्तवमा पश्चिमी चौको परम्परागत राजनीतिक र सामाजिक परिपाटी क्रमशः विघटित हुंदैगइरहेको संक्रमणकालीन अवधि मानिन्थ्यो।