शनचौ-१४ का अन्तरिक्ष यात्रीहरू दुई महिनादेखि बाह्य अन्तरिक्षमा
2022-08-10 10:37:26cri
Share with:

शनचौ नम्बर-१४ का अन्तरिक्ष यात्रीहरूले चिनियाँ अन्तरिक्ष स्टेशनमा दुई महिना बिताइसकेका छन्। हाल, तीन जना अन्तरिक्ष यात्रीहरू स्वस्थ अवस्थामा रहेर वनथ्येन प्रयोगात्मक कक्ष अन्तर्गत जीवन प्रत्याभूति प्रणालीको स्थापना र बाह्य अन्तरिक्षमा जानेलगायतका काममा व्यस्त हुँदैछन्। पछिल्ला दिनहरूमा उनीहरू सम्बन्धित प्रबन्धको स्थापना र परीक्षणमा व्यस्त छन्। 

बताएअनुसार, अहिले वनथ्येन प्रयोगात्मक कक्षमा बसोबासको मानक उच्च स्तरमा पुगेको छ। अन्तरिक्ष यात्री छाइ स्यु च त्यहाँको शयन कक्षमा केही समय बसेका छन्। कार्यभार तालिका अनुसार, तीन जना अन्तरिक्ष यात्रीहरूले हरेक दिन ८० मिनेटको शारीरिक व्यायाम गर्नुपर्छ। वनथ्येन प्रयोगात्मक कक्षला अझै खुलाइ ठूलो बनाएर विभिन्न गतिविधि तथा व्यायाम र तालिम कार्यक्रम गर्न सकिन्छ।