चालु वर्ष जुलाईमा चीनको सि पि आइ दुई वर्षकै उच्च
2022-08-10 17:29:39CRI
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले अगष्ट १० तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु वर्षको जुलाईमा चीनको राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक अर्थात् सि पि आइ गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशतले बढेको छ भने सन् २०२० को अगष्टदेखि सबैभन्दा उच्च रेकर्ड सिर्जना गरेको छ।

सम्बन्धित विष्लेषज्ञका अनुसार सेवा क्षेत्रमा गृष्मी बिदाको कारकले हवाई टिकट, होटल आवास, यातायात भाडा शुल्क र यात्रा मूल्यहरूलाई बढाएको छ। चीनको वस्तु तथा सेवाको आपूर्ति क्षमता सामान्यतया पर्याप्त छ। आपूर्ति र मूल्यको स्थिरता कायम राख्ने शक्ति बढ्दै गएको छ।