चिनियाँ मामिलामा चिनियाँले नै निर्णय गर्नुपर्छ
2022-08-11 17:19:58CRI
Share with:

अगषट १० तारिख चिनियाँ अधिकारीद्वारा प्रकाशित "ताइवान प्रश्न र नयाँ युगमा चीनको पुनर्मिलन" शीर्षकको श्वेतपत्रमा निम्न वाक्यहरू रहेका छन्। "चिनियाँ जनताको मामिलामा चिनियाँ जनताले निर्णय गर्नुपर्छ।" यसले स्पष्ट सन्देश दिन्छ: ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो, जसले चीनको मुख्य हित र चिनियाँ जनताको राष्ट्रिय भावनासँग सरोकार राख्छ, कुनै बाहिरी हस्तक्षेपलाई अनुमति दिँदैन।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको भर्खरै भएको चीनको ताइवानको भ्रमणले ताइवान जलडमरूको स्थितिलाई थप उक्साएको छ र चीन-अमेरिका द्वन्द्वलाई तीव्र बनाएको छ। यस पृष्ठभूमिमा, चीनले अन्तर्राष्ट्रिय समुदायलाई ताइवान मुद्दाको शुरुवात र अन्त्य स्पष्ट गर्न श्वेतपत्र जारी गरेको हो। श्वेतपत्रले पेलोसीको ताइवान भ्रमणको सशक्त प्रतिवाद मात्र होइन, नयाँ युगमा ताइवान मुद्दा समाधान गर्ने चीनको समग्र रणनीतिलाई एसिया-प्रशान्त क्षेत्र र विश्वको समृद्धि र स्थायित्वमा सकरात्मक ऊर्जा दिउको पनि देखाउँछ।

चीनको गृहयुद्धबाट बाँकी रहेको मुद्दाको रूपमा ताइवानको मुद्दा अहिलेसम्म समाधान हुन सकेको छैन। सबैभन्दा महत्वपूर्ण बाह्य कारक भनेको अमेरिकी हस्तक्षेप र अवरोध हो। यद्यपि अमेरिकी पक्षले तीनवटा चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई स्वीकार गरेको छ कि विश्वमा एक मात्र चीन छ, ताइवान चीनको एक हिस्सा हो। जन गणतन्त्र चीनको सरकार चीनको एक मात्र वैध सरकार हो। तर अमेरिकाले वास्तविक रुपमा जालझेल गर्दै आएको छ।

चीनको सत्तारुढ दलको रूपमा चिनियाँ कम्युनिष्ट पार्टीले सधैं ताइवान मुद्दाको समाधान गर्ने र देशको पूर्ण पुनर्मिलनलाई आफ्नो अटल ऐतिहासिक लक्ष्यका रूपमा लिएको छ। चिनियाँहरूका लागि के महत्त्वपूर्ण छ भन्ने कुरा चिनियाँहरूले नै निर्णय गर्ने हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा एक अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनता शान्तिपूर्ण पुनर्मिलनका लागि फराकिलो ठाउँ सृजना गर्न इच्छुक छन् तर विभिन्न प्रकारका "ताइवान स्वतन्त्रता" का नाममा पृथकतावादी गतिविधिका लागि कुनै ठाउँ छोड्ने छैनन्।