चीन र नेपालका दाजुभाइ फेरि भेटे, द्विपक्षीय सहकार्य फेरि गहिरो
2022-08-11 15:23:09cri
Share with:

यही अगष्ट १० तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले शान तोङ प्रान्तीय छिङताउ शहरमा चीनको भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री नारायण खड्कालाई स्वागत गर्नुभएको छ। चालु वर्षमा यी दुई मुलुकका परराष्ट्र मन्त्रीहरूले भेटघाट गर्नुभएको यो दोस्रो पटक हो। यी पुराना मित्रहरूको फेरि भेट भएको क्षण निकै सुखद देखिन्छ। फोटोमा दुई जना परराष्ट्र मन्त्रीहरूले एक अर्काको कुहिना जोड्नुभएको छ।

छिङताउको समुद्री हावा नेपालका परराष्ट्र मन्त्री खड्कालाई सहज लागेको हुनुपर्छ। तर हाल चीन र नेपाल यी दुई मुलुकको आदान-प्रदानहरू तातोद्वारा वर्णन गर्नसकिन्छ। अगष्ट ७ तारिख नेपाली नागरिक उड्डयन ब्यूरोले घोषणा गरेअनुसार, चीन र नेपालको “बेल्ट एण्ड रोड” सहयोगको महत्वपूर्ण परियोजना र नेपालको “राष्ट्रिय प्रतिष्ठा परियोजना” कहलाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२३ जनवरी एक तारिखबाट औपचारिक रुपमा सञ्चालनमा आउने छ। त्यस अवधिमा विश्वको विभिन्न क्षेत्रका पर्यटकहरू विमानद्वारा काठमाडौँ पुगी फेरि सानो विमान वा मोटर गाडीद्वारा पोखरा जानुपर्दैन। नेपालको पर्यटन व्यवसायका लागि यो एक राम्रो सूचना हो।

सोही दिन चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले चीन–नेपाल मित्रताको प्रतीक सगरमाथा केन्द्रीत नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गर्नुभयो। सो कार्यक्रममा सफल सगरमाथा आरोहण गर्नुभएका धेरै चिनियाँहरूले आफ्ना अविस्मरणीय अनुभवहरू बाँडेपछि धेरै चिनियाँ पर्यटकहरू नेपाल भ्रमण गर्न आकर्षित भएका छन्।

बितेको महिना अर्थात् गत जुलाईमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको तीव्र वृद्धि भएको छ। नेपाल राष्ट्रिय पर्यटन बोर्डको तथ्याङ्क अनुसार, सीधा उडान संचालन पुनः शुरू भएपछि जुलाईमा मात्रै १५९३ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। यसका अतिरिक्त, आउने अक्टोबर १ देखि महामारीका कारण तीन वर्षसम्म अवरुद्ध हङकङ-काठमाडौँ उडान रुट पनि पुनः संचालनमा आउने भएको छ।

भर्खरै सम्पन्न चीन-नेपाल विदेशमन्त्रीहरूबीचको भेट-वार्ताबाट दुवै पक्षका लागि फाइदाजनक सुसमाचार प्राप्त भएको छ। जस्तै भनौँ, चीनप्रति नेपाली चिया, जडीबुटी, कृषि तथा पशुजन्य उत्पादित वस्तुको निर्यात परिमाण विस्तार गर्न चीनले स्वागत गरेको छ। नेपालमा लगानी गर्न चिनियाँ उद्यमीहरूलाई थप प्रोत्साहन गरिएको छ। काठमाडौँको भित्री चक्रपथको स्तरोन्नति परियोजनाको दोस्रो चरणलाई तीव्रता दिने निर्णय दुवै पक्षले गरेका छन्। विद्युत् नेटवर्क परियोजनाको प्रवर्द्धन, जडीबुटी केन्द्रको निर्माण, सञ्चालन र प्रवर्द्धन र दुई देशका उद्यमीहरू बीच जडीबुटीको खेती सम्बन्धि पारस्परिक सहयोग गराइने छ। चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चीन फर्काएर पढाइमा निरन्तरता दिने प्रक्रियालाई गतिशील पारिने छ, आदि।

यी व्यावहारिक कदमहरूलाई हेर्दा महामारीको कारणले दुई देश बीचको आदानप्रदानलाई असर पार्ने कठिनाइ र पीडा बिन्दुको समाधान गर्न र सहयोगको मात्रा र स्तर विस्तार गर्न प्रयास गरेका छन्। जसले दुई देशका जनतालाई वास्तविक लाभ पुर्याउनेछ।

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्दा उहाँले एउटा नेपाली उखान उद्धृत गर्नुभयो- थोपा थोपा पानीले समुद्र भर्नसक्छ। उक्त उखानजस्तै चीन र नेपाल बिस्तारै बिस्तारै व्यापार विस्तार गर्ने, प्रकोपको रोकथाम र न्यूनीकरणको सहयोगलाई गहन पार्ने, महामारीविरुद्ध र चिकित्सा तथा स्वास्थ्य सेवा क्षेत्रको सहयोगलाई बढाउने, “बेल्ट एण्ड रोड” को निर्माण अगाडि बढाउने आदि क्षेत्रमा एकआपसमा प्रयास गरिरहेका छन्। ६७ वर्षको भाइचारा र मित्रता भएको चीन र नेपालले आपसी दृढ सहयोग, समान व्यवहार र आपसी सम्मानका आधारमा जनताको हितलाई सुरुवाती बिन्दु बनाएर हिमालय पार भएको मित्रतालाई नयाँ उचाइमा पुर्याउनेछन्।