चीनको गैर-भौतिक साँस्कृतिक सम्पदालाई विश्वतर्फ जानकारी दिने इटालियनको आशा
2022-08-12 09:09:06cri
Share with:

सात सय वर्षअघि इटालियन मार्को पोलोले चीनको भ्रमण गरेका थिए। पछि उनको “मार्को पोलो यात्रा नोट” नामक पुस्तक सार्वजनिक गरियो। उक्त पुस्तकले समग्र युरोपलाई रहस्यमय पूर्वको ढोका खोलेको थियो। केही सय वर्षपछि इटालियन गेब्रिएला बोनिनोले  इटाली भाषाद्वारा पुस्तक लेखी इटालीलाई चीनको गैर-भौतिक साँस्कृतिक सम्पदाबारे जानकारी दिएकी थिइन्।

थाङ युनको पुरानो नाम गेब्रिएला बोनिनो हो। उनी इटालीमा जन्मिएकी हुन्। १८ वर्षको उमेर हुँदा उनले पेरिस गुइमेट संग्रहालयको अवलोकन गर्दा चीनको पूरातात्विक वस्तुद्वारा आकर्षित भइन्। सन् १९८७ मा थाङ युनले पैचिङ भाषा कलेजमा अध्ययन गर्न चीन आइन्। उनले स्नातक भएपछि चीनको एक सञ्चार-माध्यममा काम गर्न थालिन्। उनी भन्छिन्“मैले सञ्चार-माध्यममा एक कार्यक्रमको संचालन गरेको थिएँ। मेरो कार्यक्रम चीनको समाचार पुरस्कारको पहिलो पुरस्कारको मूल्याङ्कन गरियो। ती अनुभव चीनबारे जानकारी लिने राम्रो चौतारो हो।”

सञ्चार-माध्यममा काम गर्दा उनले च च्याङ प्रान्तीय वन चौसम्बन्धी कार्यक्रमहरूको रचना गरेकी थिइन्। वन चौ उनको मनमा गहिरो छाप परेको थियो। सन् २०१७ मा थाङ युन वन चौ गइन्। उनले वन चौ वाणिज्य कलेजको मिडिया विभागमा शिक्षिकाको काम गर्न थालिन्। उनले “वन चौको फेला”नामक पुस्तक रचना गरिन्। उनलाई “वन चौ शहरको सम्मानित नागरिक”को उपाधि वितरण गरियो। सन् २००० मा थाङ युन वन चौ शहरको मातहत र्‍वै आन शहर गइन्। उनी चीन र इटालीको मानव संसाधन व्यवसाय पार्कका साँस्कृतिक सल्लाहकार बनिन्।

थाङ युनले र्‍वै आन शहरबारे धेरै जानकारी लिने गर्छिन्। र्‍वै आन शहरमा उनले साइकल चढेर घुमघाम गरेकी छन्। र्‍वै आन शहरमा उनले धेरै लोक कलाकार र गैर-भौतिक साँस्कृतिक सम्पदाका उत्तराधिकारी चिन्ने मौका पाइन्।

थाङ युनलाई र्‍वै आन शहरको परम्परागत गैर-भौतिक साँस्कृतिक सम्पदा सँस्कृति आकर्षित गरिएको छ। त्यसैले उनले र्‍वै आन गरिन्। सन् २०२० अप्रिलदेखि सन् २०२१ अगष्टसम्म थाङ युनले र्‍वै आनको गैर-भौतिक सम्पदा संरक्षण केन्द्रसँग सहयोग गरी इटाली भाषाद्वारा “र्‍वै आनको गैर-भौतिक साँस्कृतिक सम्पदा फेला” शीर्षकको पुस्तक लेखिन्। उक्त पुस्तकमा १ लाख शब्द छन् भने र्‍वै आनका ६४ वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजनाबारे जानकारी दिइएको छ।

सन् २०२२ जनवरी १४ तारिख  “र्‍वै आनको गैर-भौतिक साँस्कृतिक सम्पदाको फेला” शीर्षकको पुस्तक इटालीको पेड्रिनी प्रकाशन एजेन्सीद्वारा प्रकाशित गरियो। साथै यो पुस्तक इटालीको राष्ट्रिय पुस्तकालयलाई सहयोग स्वरुप दिइयो। थाङ युनकाअनुसार, उनले र्‍वै आनको गैर-भौतिक साँस्कृतिक सम्पदालाई इटालियन जानकारी दिने आशा गरेकी छन्। उनी भन्छिन् “र्‍वै आनको गैर-भौतिक साँस्कृतिक सम्पदा धेरै छ। इटालियनहरूले ती सँस्कृतिक सम्पदा मन पराउने छन्। महामारीपछि इटालीका कलाकारहरू यहाँ आउनसक्छन्। यहाँका कलाकारहरू पनि इटाली जानसक्छन्। यो मेरो सबैभन्दा ठूलो इच्छा हो।”

भविष्यको योजनाबारे चर्चा गर्दा थाङ युनले वन चौमा निरन्तर रुपमा बस्ने कुरा बताउँछिन्। किनभने समुद्री रेशमी मार्ग उहाँको नयाँ अनुसन्धान लक्ष्य बनेको छ।