पैचिङमा १२ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
2022-08-14 16:17:45CRI
Share with:

अगस्ट १३ तारिख सीएमजी र पैचिङ नगरपालिकाको आयोजनामा चिनियाँ राज्य चलचित्र प्रशासनको निर्देशनमा १२ औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पैचिङमा सुरु भयो। यस पटकको पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य विषय एकसाथ, सँगसँगै अगाडि बढौँरहेको छ।

वर्षौंदेखि पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चीन र विश्वका चलचित्र बीचको सहकार्य र सञ्चारको पुल बनेको छ। पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय, व्यावसायिक, नवीन र खुला प्रकृतिले पनि यस कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरूलाई आकर्षित गरेको छ। फिल्म महोत्सवको मुख्य प्रतिस्पर्धा इकाईका रूपमा यस वर्ष टेम्पल अफ हेभेन अवार्डका लागि दर्ता भएका चलचित्रको संख्या नयाँ उचाइमा पुगेको छ भने विश्वभर दर्ता भएका चलचित्रको संख्या १ हजार ४ सय ५० पुगेको छ। जसमध्ये १ हजार १ सय ९३ विदेशी फिल्म छन्। ८८ देश र क्षेत्रहरूबाट, समृद्ध विषयवस्तुहरू र उत्कृष्ट कार्यहरू रहेका छन्।

"टेम्पल अफ हेभेन अवार्ड" को लागि १६ चलचित्र सर्टलिस्टमा परेका छन्। अगष्ट २० तारिख पैचिङ फिल्म फेस्टिभल समापन समारोह र पुरस्कार वितरण समारोहमा अन्तिम विजेताहरूको नाम घोषणा हुनेछ।