चीनका ‘देशद्रोही’ अमेरिकाका ‘पहरेदार’
2022-08-14 20:30:37CRI
Share with:

कथित लोकतान्त्रिक मूल्यमान्यताको रक्षक छाइ इङ वेन र उनी जस्तैलाई अमेरिकाले समर्थन गर्नुको कारण? यी सबैको कपट थाइवानले गोप्य रूपमा अमेरिकालाई पठाउने डलरबाट प्रकट हुन्छ। को मिन ताङ पार्टीको पूर्व अध्यक्ष हौ स्यौ चुले खुलासा गर्दै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले न्यान्सी पेलोसीको थाइवान भ्रमणलाई सहज बनाउन जनसम्पर्क फर्महरू मार्फत लगभग ५० हजार अमेरिकी डलर खर्च गरेको बताउनुभयो। वर्षौंदेखि "थाइवान स्वतन्त्रता" का लागि अमेरिकाको समर्थन जित्नको लागि, थाइवानले अमेरिकी थिङ्क ट्याङ्कहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। अमेरिकी थिंक ट्याङ्क सीएसआईएसको आधिकारिक वेबसाइटका अनुसार छाइ इङ वेन अधिकारीहरूले "क्षेत्रीय अनुसन्धान" को आधारमा २ लाखदेखि ३ लाख अमेरिकी डलरसम्म अनुदान दिने गरेका छन्।