चीनका राष्ट्राध्यक्ष सी चिनफिङको लेख "पार्टीले नयाँ विकास अवधारणालाई पूर्ण र सहीरूपमा लागू गर्नुपर्छ" "छ्यौ श" पत्रिकामा प्रकाशित हुने
2022-08-15 16:10:57cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको लेख "पार्टीले नयाँ विकास अवधारणालाई सही र पूर्ण रूपमा लागू गर्नुपर्छ" विषयक लेख अगष्ट 16 तारिखमा "छ्यौ श" पत्रिकामा प्रकाशित हुनेछ।

नयाँ विकास अवधारणा एक व्यवस्थित सैद्धान्तिक प्रणाली हो जसले विकासको उद्देश्य, प्रेरक शक्ति, विधि र मार्गका बारेमा सैद्धान्तिक र व्यावहारिक प्रश्नहरूको जवाफ दिन्छ र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक स्थिति, मूल्य अभिमुखीकरण, विकास मोडेल जस्ता ठूला राजनीतिक मुद्दाहरूमा सम्पूर्ण दलले नयाँ विकासको अवधारणालाई पूर्ण, सटीक र व्यापक रूपमा कार्यान्वयन गर्नुपर्छ।

नयाँ विकास अवधारणालाई ठोस रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको लेखले औंल्याएको छ। जनकेन्द्रित विकास विचारलाई कार्यान्वयन तथा सुधार र खुलापनलाई निरन्तरता दिन आवश्यक रहेकोमा पनि लेखले जोड दिएको छ। साथै प्रणालीगत अवधारणा पालन गर्नुपर्ने र समस्यालाई राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने पनि लेखले औंल्याएको छ।