गरिबी निवारणमा अन्यत्र बसाइ सार्ने परियोजनाबाट ९६ लाख व्यक्तिले पाए नयाँ जीवन
2022-08-15 11:00:51cri
Share with:

चीनको गरिबी निवारण युद्धमा, जम्मा गरी ९ करोड ८९ लाख ९० हजार व्यक्तिहरू विपन्नताबाट मुक्त भएका थिए। यी मध्ये ९६ लाखभन्दा बढी मानिसहरूलाई अन्यत्र बसाइ सराइ गरेपछि विपन्नताबाट मुक्त भएका छन्। यो नयाँ चीन स्थापना यता, सबैभन्दा ठूलो परिमाणमा, सबैभन्दा धेरै मानिसलाई अन्यत्र सार्ने गतिविधि हो। यस गहन प्रभावकारी गतिविधिबाट ठूलो परिवर्तन ल्याइएको छ।

चीनको युननान प्रान्तको नु नदी वरिपरिका पहाड र नदीले स्थानीय जनतालाई बाहिर जान अवरोध गरिरहेको छ। विगत दश वर्षमा पहाडमूनिको मैदानमा १५ वटा बसोबास समुदायको स्थापना गरी जम्मा २२ हजार व्यक्तिलाई २००० मिटर अग्लो पहाडबाट यता सारिएको छ। चीनको मध्य पश्चिमी भागका पहाडहरूमा उब्जनी नहुने र सुक्खा जमिन भएको तथा जाडो मौसम र कठिन वातावरण भएको ठाउँका स्थानीयहरूलाई पनि ठूलो परिणाममा अन्यत्र सारिएको छ।

चीनभरि अन्यत्र सार्न लगभग ३५ हजार बसोबास समुदायको स्थापना गरिनुका साथै ९६ लाख गरिबी जनतालाई अन्यत्र सारिएको छ। दश वर्षमा पुस्तौँपुस्तादेखि असुविधा र विपन्न तथा गरिबीले पिल्सिएकाहरूले अहिले आधुनिक सुखमय जीवन पाएका छन्।