लामो समयदेखि चीनमा बस्दैआएकी इटालीयन - चीनको गैर-भौतिक सम्पदा विश्वलाई जानकारी दिन इच्छुक
2022-08-15 15:42:18cri
Share with:

तेह्रौँ शताब्दीमा एक जना इटालीयन मार्को पोलोले चीनको यात्रा गरी सम्पूर्ण युरोपलाई रहस्यमय पूर्वीय जगतबारे जानकारी दिएका थिए। वर्तमानमा, एक अर्का इटालीयन थाङ युनले इटालीयन भाषामार्फत चीनको गैर-भौतिक सम्पदाबारे जानकारी दिँदै आएकी छिन्।

 

थाङ युनको इटालीयन नाम ग्याबरिला बोनिनो हो। इटालीको टुरिन शहरमा उनको जन्म भएको थियो। उनी र चीन बीचको कथा ३० वर्ष पुरानो भइसकेको छ। १८ वर्षको उमेरमा थाङ युनले पेरिसको गुइमेट सङ्ग्रहालयको अवलोकन गर्दा अनेकन् उत्कृष्ट चिनियाँ पूरातात्विक वस्तुहरुको आकर्षण अनुभव गरेकी थिइन्। सन् १९८७ मा थाङ युनले चीन आएर पैचिङ भाषा इन्स्टिच्यूटमा चिनियाँ भाषा पढेकी थिइन्। स्नातकपछि उनले चीनको एउटा सञ्चार माध्यममा काम पनि थालेकी थिइन्।

मैले एउटा कार्यक्रम संचालन गरेकी थिएँ। मेरो कार्यक्रमले चिनियाँ समाचार पुरस्कारको प्रथम पुरस्कारसमेत जितेको थियो। यस्तो अनुभव चीनबारे जानकारी लिने एउटा उपयोगी मञ्च हो।

 

सञ्चार माध्यममा काम गर्दा थाङ युनले चीनको च च्याङ प्रान्तको वन चौ शहर सम्बन्धी कार्यक्रमहरु बनाएकी थिइन्। त्यसैले वन चौले उनको मनमा गहिरो छाप परेको थियो। सन् २०१७ मा थाङ युन वन चौ आएर वन चौ व्यापार इन्स्टिच्यूटमा शिक्षिका बनेकी थिइन्। यहाँ काम गर्दा उनले “वन चौ फेला पारौँ” शीर्षकमा एउटा किताब लेखेकी थिइन् जसकारण उनलाई “वन चौको मानार्थ नागरिक” को उपाधि समेत प्रदान गरिएको थियो। सन् २०२० को जनवरी महिनामा थाङ युन वन चौ शहर अन्तर्गत रुई आन जिल्लामा आएपछि चीन-इटाली जन स्रोत औद्योगिक पार्ककी सांस्कृतिक सल्लाहकार बनेकी थिइन्।

 

चीनको कुनै पनि ठाउँ पुगेपछि त्यहाँका प्रचलन, रीतिरिवाज, इतिहास र संस्कृतिबारे जाकारी लिने थाङ युनको बानी छ। रुई आनको बसाई अवधिमा उनले साइकल चढेर त्यहाँका सडक र गल्लीमा घुमेर धेरै कलाकार र गैर-भौतिक सम्पदाका उत्तराधिकारीहरुसँग भेटघाट गरेकी थिइन्।

म बस्ने तुङ शान सडकमा गैर-भौतिक सम्पदाका एक जना उत्तराधिकारी छन्। विश्वमा गैर-भौतिक सम्पदाहरु हुन्छन्। अरु धेरै मानिसहरुले यस्तो परम्परालाई मन पराउने छन् भन्ने मलाई लाग्छ।

 

रुई आनको परम्परागत गैर-भौतिक सम्पदा रुचाएकी कारण थाङ युनले आफ्नो बसाई रुई आनमा सारेकी छिन्। सन् २०२० को अप्रिलदेखि २०२१ को अगष्टसम्म उनले रुई आनको गैर-भौतिक सम्पदा संरक्षण केन्द्रको सहयोगमा इटालीयन भाषामा “रुई आनको गैर-भौतिक सम्पदा खोजौँ” शीर्षकमा एउटा पुस्तक तयार पारेकी छिन्। एक लाख अक्षरको यस पुस्तकमा रुई आनका ६४ गैर-भौतिक सम्पदाबारे जानकारी दिइएको छ। त्यसमा हस्तकला, लोककला र जातिय रीतिरिवाज लगायत धेरै क्षेत्रहरू समावेश छन्।

 

चालु वर्षको जनवरी १४ तारिख “रुई आनको गैर-भौतिक सम्पदा खोजौँ” इटालीको एउटा प्रकाशन कम्पनीबाट छापिएको छ। थाङ युनले ती आकर्षक गैर-भौतिक सम्पदाहरु इटालीयनहरुलाई जानकारी दिन चाहेकी छिन्।

रुई आनका गैर-भौतिक सम्पदाहरु धेरै छन्। इटालीयनहरुलाई अवश्य नै धेरै मन पर्छ। कोभिड महामारी सकिएपछि इटालीका कलाकार र यहाँका उत्तराधिकारीहरु बीच पारस्परिक भ्रमण गर्नसक्ने मैले आशा राखेकी छु।

 

भावी योजनाबारे चर्चा गर्दै थाङ युनले वन चौमा निरन्तर बस्न आफू इच्छुक रहेको बताएकी छिन्। किनभने समुद्री रेशम मार्गको अध्ययन गर्नु उनको अर्को लक्ष्य बनेको छ।