अमेरिकी सिनेटरको थाइवान भ्रमणप्रति चीनको टिप्पणी
2022-08-15 17:08:00cri
Share with:

चीनका रक्षा मन्त्रालयका प्रवक्ता उ छ्येनले अमेरिकी सिनेटर सदस्यको थाइवान भ्रमणको बारेमा टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘अगस्ट 14 तारिख अमेरिकी सिनेटर मार्केले चीनको थाइवानमा भ्रमण गर्नुभयो। यसले स्पष्ट रूपमा एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको उल्लङ्घन गर्दछ। चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्दछ, “थाइवान स्वतन्त्रता" पृथकतावादी शक्तिहरूलाई गलत संकेत दिन्छ, अमेरिकाको थाइवान स्ट्रेटमा शान्ति र स्थिरताको विनाशका वास्तविक अनुहारलाई पूर्ण रूपमा उजागर गर्दछ।’

थाइवान चीनको भएकाले थाइवान मुद्दामा कुनै पनि विदेशी हस्तक्षेपलाई अनुमति नभउको बताउँदै उहाँले अमेरिका र डीपीपी(डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी) अधिकारीहरूलाई चेतावनी दिँदै भन्नुभयो, ‘चीनलाई नियन्त्रण गर्न थाइवानको प्रयोग" असफल हुने र "स्वतन्त्रता खोज्न अमेरिकामाथि भर पर्नु’ पनि गलत हुनेछ। चिनियाँ जनमुक्ति सेनाले युद्धको लागि तालिम र तयारी जारी राखेको छ, राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्ने र "थाइवान स्वतन्त्रता" को नाममा कुनै पनि पृथकतावाद र विदेशी हस्तक्षेपको प्रयासलाई दृढताका साथ ध्वस्त पारिनेछ।’