#अल्पसंख्यक जाति# किन सिन्च्याङको पर्यटन यति “तातो”
2022-08-16 08:58:16cri
Share with:

तथ्याङ्कका अनुसार, गत जुन महिनामा सिन्च्याङ यात्रा गर्ने पर्यटकको संख्य २ करोड ३९ लाख २० हजार पुगेको छ। मे महिनाको तुलनामा ६६.३९ प्रतिशत बढेको हो। पर्यटकीय आम्दानी १७ अर्ब ४१ करोड २० लाख युआन पुगेको छ भने मे महिनाको तुलनामा ८९.६९ प्रतिशतले वृद्धि भएको छ।

 

किन सिन्च्याङको पर्यटन यति “तातो” छ?

 

केही दिनअघि सिन्च्याङ युगुर स्वायत् प्रदेश सरकारी प्रेस प्रवक्ताले सिन्च्याङमा सुन्दर प्राकृतिक दृश्य, गहिरो सँस्कृति, प्रशस्त अवशेष र विविध जातीय रीतिरिवाज भएको भन्ने विषयबारे यस्तो प्रश्नको जवाफ दिएको थियो। हालसम्म सिन्च्याङमा ए स्तरीय पर्यटकीय क्षेत्र ६३९ सम्म बढ्नुका साथै पाँच ए स्तरीय पर्यटकीय क्षेत्र १७ पुगेको छ। यो संख्या चीनका पहिल्ला तेस्रो स्थानमा परेको छ। साथै सिन्च्याङको स्थिरता तथा महामारीको वैज्ञानिक रोकथाम र पर्यटनको विकास गर्ने अन्य फाइदाजनक नीतिलगायत कारणले सिन्च्याङको यात्रा अझै तातो बन्दैछ।

हाल चिनियाँ विद्यार्थीहरूको गर्मी विदा हो। विदामा सिन्च्याङमा अध्यनयन पर्यटन पनि बद्ढैछ। नान बनाउने, गाई दुहुने, जंगली जनावरको नमूना पहिचान गर्ने, भूविज्ञान र भू-रूप बुझ्ने आदि  खेतीमा, पहाडमा, नदीमा, घाँसे मैदानमा र संग्रहालयमा अध्ययन पर्यटनको विषय निकै प्रशस्त छ।

 

उदाहरणका लागि जुलाइ १३ तारिख दक्षिण चीनको शनचन शहरबाट गएको अध्यायन मण्डलका २८ जना शिक्षक-विद्यार्थीहरू थ्यानशान दृश्य क्षेत्रमा भूवैज्ञानिक ज्ञान सिक्न थालेका थिए। यो सो महिना थ्यानशान दृश्य क्षेत्रमा दोस्रो अध्ययन मण्डल हो। थ्यानशान दृश्य क्षेत्रले भूवैज्ञानिक भूस्वरूप, वन्यजन्तु र वनस्पति, जलस्रोत, जलवायु, खगोल विज्ञान, परम्परागत हस्तकलाको उत्पादन आदि विषयअनुसार धेरै अनुसन्धान र अध्ययन पर्यटन मार्गको तर्जुमा गरेको छ। जसबाट प्राकृतिक स्रोतलाई लोकप्रिय अनुसन्धान र अध्ययन पर्यटन उत्पादनमा परिणत गरेको छ।

 

त्यसबाहेक सिन्च्याङ संग्रहालय पनि प्रसिद्ध अनुसन्धान तथा अध्यनयन केन्द्र हो। विशेष भौगोलिक स्थान र विविध वातावरणका कारणले सिन्च्याङमा धेरै विश्व प्रसिद्ध ऐतिहासिक स्थल र ऐतिहासिक तथा सांस्कृतिक सम्पदा छन्। सिन्च्याङ सङ्ग्रहालयमा हजारौं बहुमूल्य सांस्कृतिक अवशेषको अवोलोकन गर्दै सिन्च्याङको इतिहास तथा सँस्कृतिको अनुभव गर्न सकिन्छ।

 

पश्चिमी सिन्च्याङको नालाटी दृश्य क्षेत्रले यस वर्ष पनि गाई दुहुने, भेडा चराउने, घाँस काट्ने, नान बनाउने, दुग्धजन्य पदार्थ बनाउने लगायतका विभिन्न प्रयोगात्मक अनुसन्धान गतिविधि तर्जुमा गरेको छ। नालाटी दृश्य क्षेत्रको जिम्मेवारी छ ह्वाको विचारमा नालाटीका अनुसन्धान गतिविधिले बालबालिकाहरूलाई आफ्नो अनुभवमार्फत् ज्ञान र संस्कृति सिक्न लगाउन सकिन्छ।