परिवर्तन नभएमा काबुल क्षण दोहोरिने
2022-08-16 21:14:56cri
Share with:

अमेरिकाको एउटा अन्तर्राष्ट्रिय समाचार साइट ग्रिडले ९जना अफ्रिकीसँग अन्तर्वार्ता लिएको छ। विगत एक वर्षको जीवनबारे चर्चा गर्दा यिनीहरू सबैले अमेरिकाप्रति क्रोध व्यक्त गरेका छन्।

एक वर्षअघि अफगानिस्तानमा २० वर्ष तैनाथ अमेरिकी सेनाले काबुल छोडेको थियो। "काबुल क्षण"लाई अफगानिस्तानमा अमेरिकाको असफलताको संकेत मानिएको छ। यद्यपि सेनाले छोडे तापनि यस भूमिमा अमेरिकी सरकारको दुष्ट काम कुनै पनि क्षणमा रोकिएन। आर्थिक नाकाबन्दी, अफगानिस्तानीहरूको पैसा लुट्ने, सार्वभौमिकताको उल्लङ्घन आदि, अमेरिकाको कालो हातले अझै पनि अफगानिस्तानको घाँटी समातिरहेको छ। जसले अफ्गानिस्तानलाई सास फेर्न गाह्रो बनाएको छ।

अफगानिस्तानका लागि अमेरिकाको आर्थिक प्रतिबन्धले स्थानीय संकटलाई अझै बढाएको कुरा विश्व खाद्य कार्यक्रमका अधिकारीले औंल्याएका छन्। "९८ प्रतिशत अफगानिस्तानीहरू पर्याप्त खानेकुरा पाउँदैनन्, र पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूमध्ये लगभग आधा गम्भीर कुपोषण अवस्थामा रहेका छन्।"

विश्वलाई अझ आक्रोशित तुल्याएको कुरा के हो भने, अमेरिकाले अफगानिस्तान केन्द्रीय बैंकको करिब ७ अर्ब डलर सम्पत्ति पनि रोक्का गरेको छ। अन्तर्राष्ट्रिय दबाबमा अमेरिका र अफगानिस्तानको अन्तरिम सरकारले जुलाईमा अन्तर्राष्ट्रिय सुपरिवेक्षण गरिएको ट्रस्ट कोषबाट उक्त रकमको व्यवस्थापन गर्ने छलफल गरेका थिए। तर कसले सुपरिवेक्षण गर्ने र अन्य विषयमा दुइ पक्षबीचको ठूलो मतभेद रहेका हुनाले अमेरिकाले कहिले पैसा फिर्ता गर्ने भन्ने थाहा छैन।

जुलाईमा अमेरिकाले आतंकवादको विरोधका नाउँमा मानवविहीन विमानद्वारा काबुलमाथि सिमापार प्रहार गरेको थियो। पूरै अफ्गानिस्तानले त्यसको विरोध गरेको छ। अफ्गानिस्तानका राजनीतिक टिप्पणीकारले अमेरिकाको सिमापार प्रहार कार्य अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुनुका साथै अफ्गानिस्तानको सार्वभौमिक्ता उल्लंघन गरेको बताए। यो अमेरिकाले विश्वसामु प्रभुत्ववादको प्रदर्शन गर्नु हो। अमेरिकाले अफ्गानिस्तानको मामिलामाथि फेरि पनि हस्तक्षेप गर्नेछ।

यद्यपि यस्तो अवस्थामा अन्तर्राष्ट्रिय जगतको सहयोगमा जाडो मौसम, भूकम्प, बाढी, प्रतिबन्ध लगायत चुनौतीको सामना गरेर अफ्गानिस्तानले सुरक्षा परिस्थिति र लागूपदार्थको प्रतिरोधमा केही प्रगति हासिल गरेको छ।

तर अमेरिकी सरकारले अफ्गानिस्तानमा आक्रमण गरेकोमा माफी माग्नुपर्छ, पैसा फिर्ता गर्नुपर्छ र पूर्ण क्षतिपूर्ति दिनुपर्छ। अमेरिकाले यो गलतीबाट शिक्षा लिनुपर्छ। अन्य देशलाई सुधार गर्ने “व्यसन” लाई रोक्नु पर्छ। यदि परिवर्तन नभएमा "काबुल क्षण" फेरि दोहोरिनेछ।