चीनको आर्थिक रूपान्तरण जारी
2022-08-16 18:41:50cri
Share with:

अगष्ट १५ तारिख चीन राष्ट्रिय तथ्याङ्क ब्यूरोले चालू वर्षको पहिलो अर्धवार्षिक आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ। सोही अवधिमा चीनको मुख्य आर्थिक सूचकहरू सुधारको दिशातिर कायम रहेको जनाइएको छ।

प्राप्त तथ्याङ्क अनुसार,  २ करोड युआनभन्दा बढीको वार्षिक व्यापार आय गर्ने औद्योगिक उद्यमहरुले प्राप्त गरेको राष्ट्रिय औद्योगिक वृद्धि मूल्य, राष्ट्रिय सेवारत उद्योग उत्पादन सूचकाङ्क, उपभोग्य वस्तुको कुल खुद्रा बिक्रीमा संलग्न रकम र राष्ट्रिय अचल सम्पत्तिमा लगाइने लगानी सबैमा वृद्धि भएको छ।

अर्थतन्त्रमा ध्यानकर्षक क्षेत्र भनेको उच्च-प्रविधि उत्पादन उद्योगको थप मूल्य गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ जसले गर्दा चीनको आर्थिक रूपान्तरण र स्तरोन्नति जारी रहेको प्रष्ट्याइएको छ। जुलाई महिनाको तथ्याङ्क बमोजिम, अन्तरिक्षयान तथा उपकरणको निर्माण, इलेक्ट्रोनिक्स र दूर-सञ्चार उपकरणको निर्माण उद्योगहरूले वार्षिक रूपमा १० प्रतिशतभन्दा बढी दरको वृद्धि कायम गरिरहेका छन्।

साथै हरित रूपान्तरणको प्रक्रिया पनि गतिशील भइरहेको छ। जुलाईमा मात्रै नयाँ उर्जाका सवारी साधन र सौर्य सेलको उत्पादन परिमाण क्रमशः ११२.७% र ३३.९% ले बृद्धि भएका छन्।

यसै वर्षभरिको आर्थिक प्रवृतिबारे चर्चा गर्दै चीन राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रवक्ता फु लिङ्ह्वीले यसरी भन्नुभयोः वर्तमान परिस्थितिबाट हेर्दा, बजारको मागको प्रतिबन्धात्मक भूमिका अझै पनि ठूलो रहेकोले उद्यमहरूको व्यापार सञ्चालनमा अझै धेरै कठिनाइहरू रहेको छ। अर्थतन्त्रको पुनरुत्थानको आधार पनि बलियो बनाउनुपर्छ। यसको लागि अर्थतन्त्र सम्बन्धि श्रृंखलावद्ध कदमहरूलाई निरन्तरता दिँदै जानुपर्छ।