निश्चित गरिबी निवारणबाट ९ करोड ८९ लाख ९० हजार विपन्न जनसंख्या सम्पन्न समाजमा प्रवेश
2022-08-16 10:12:39cri
Share with:

 

चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको सबैभन्दा पश्चिमी भागको पहाडी क्षेत्रमा राष्ट्रिय स्तरीय विपन्न जिल्ला अर्थात् सी लिन जिल्ला अवस्थित छ। शिक्षा, स्वास्थ्य सेवा, पूँजी र जमिन अभावलगायतका विविध कारणले त्यहाँका बासिन्दाहरू निकै विपन्न थिए। सन् २०१४ देखि रोग तथा स्वास्थ्य समस्याले विपन्नका विविध कारणमध्येको पहिलो स्थान ओगट्दै आएको थियो।

 

सी लिन जिल्ला जस्तै अधिकांश विपन्न क्षेत्रको अवस्थालाई उन्मुलन गर्न र देशभर विपन्न क्षेत्रमा रहेका ११७२ वटा जिल्ला स्तरीय अस्पताललाई सहायता दिनका लागि चीन सरकारले विभिन्न शहरका १००७ वटा अस्पतालबाट १ लाख १८ हजारभन्दा बढी चिकित्साकर्मीहरूलाई खटाएको थियो। त्यसैगरी, उन्नत चिकित्सा सेवा तथा नवप्रविधिलाई विपन्न क्षेत्रतर्फ पुर्याइएको थियो।

 

वर्तमान मापदण्ड अनुसार हाल चीनका ९ करोड ८९ लाख ९० हजार विपन्न जनसंख्या पूर्ण रूपमा गरिबी अवस्थाबाट मुक्त भइसकेका छन्। यो निश्चित गरिबी निवारण नीति लागू गरिएको प्रतिफल हो।