चिनियाँ अर्थतन्त्र निरन्तर स्थिरताका साथ विकसित
2022-08-16 17:04:10cri
Share with:

चिनियाँ राष्ट्रिय अर्थतन्त्रको सञ्चालनसम्बन्धी पत्रकार सम्मेलन १५ तारिख आयोजित भयो। सरकारी तथ्याङ्क अनुसार, वर्षको पूर्वार्धमा  चीनको जीडीपी गत वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय परिस्थिति अझै जटिल, विश्वको आर्थिक पुनरुत्थान सुस्त, चीनका धेरै ठाउँमा महामारीको फैलावट लगायत पृष्ठभूमिमा उच्च तापक्रम तथा वर्षालगायत कारणले चिनियाँ अर्थतन्त्र निरन्तर स्थिरताका साथ विकास हुने अवस्था रहनु दुर्लभ कुरा हो।


गत मे महिनामा वित्त नीति, मुद्रा तथा बैंकिङ् नीति, लगानीको स्थिरता तथा उपभोग क्षमता, खाद्यान्न तथा उर्जा-श्रोतको सुरक्षालगायत छ क्षेत्रमा चीन सरकारले ३३ वटा नीति तथा कदम तर्जुमा गरेको थियो। विविध कदम कार्यन्वयका साथ कर, सरकारी खरिद तथा व्यय आदि नीतिको साझा प्रभावमा मौद्रिक नीतिले तरलता उचित र पर्याप्त स्तरमा राखेको, उद्यमको मैत्री लागत स्थिरताका साथ घटेको र चिनियाँ अर्थतन्त्र स्थिर रूपमा सुधार भइरहेको छ। जसले विश्वको अर्थतन्त्रमा विश्वास र शक्ति थपेको छ।

चीनमा लगानी गर्नु भनेको भविष्यका लागि लगानी गर्नु हो। समयले यसको निरन्तर पुष्टि गर्नेछ।