आकाशबाट पाङकोङ छो तालको अवलोकन
2022-08-16 10:35:07CRI
Share with:

पाङकोङ छो ताल तिब्बत स्वायत्त प्रदेशको आली क्षेत्रको री थु जिल्लामा पर्दछ। त्यस तालको औसत समुद्री सतह ४२०० मिटर रहेको छ। तिब्बती भाषामा पाङकोङको अर्थ लामो घिच्रो राजहाँस भन्ने हो। त्यहाँ विश्वको सबैभन्दा उच्च समुद्री सतहको चरा टापु पनि छ।

 

हाल महामारीका कारण तिब्बतको पर्यटन स्थगित भएको छ। महामारीको अन्तपछि आली क्षेत्रको पर्यटकीय स्थलले पर्यटकसमक्ष अझ रङ्गीचङ्गी र रमणीय प्राकृतिक दृश्य देखाउन सक्ने छ।