राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ल्याउ निङको पुन:निरीक्षण भ्रमण
2022-08-17 15:31:17cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट १६ तारिख ल्याउ निङ प्रान्तको चिन चौ शहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

 

ल्याउ निङ प्रान्तलाई जन गणतन्त्र चीनको उद्योगको कोक्रो पनि भनिन्छ। सम्पूर्ण रूपमा उत्तर पूर्वी क्षेत्र लगायत पुराना औद्योगिक अखडाको पुनरूत्थान गर्नु नै चीनको निर्धारित रणनीति भएकाले राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ नै त्यसतर्फ निकै ख्याल विचार गर्दै आउनुभएको छ।

 

सन् २०१३ को अगष्ट महिनामा राष्ट्राध्यक्ष सी चिनफिङले ल्याउ निङको निरीक्षण गर्ने क्रममा नयाँ चरणको विश्व विज्ञान प्रविधि क्रान्तिबाट ल्याइने रणनीतिक अवसरलाई छोपेर निरन्तर रूपमा व्यवसायको जीवन्त शक्ति र वास्तविक सिर्जनशील शक्तिलाई सबल पार्दै जान अपील गर्नुभएको थियो।

 

हाल ल्याउ निङले पनि लगातार रूपमा देशको महत्वपूर्ण रणनीतिका लागि समर्थन गर्ने क्षमतालाई मजबुत पार्नुका साथै देशको उच्चस्तरीय विज्ञान प्रविधिको भावी विकासका लागि आफ्नो विशेषतायुक्त सीप तथा ज्ञान प्रदान गर्दै आएको छ।