चीनको प्राचीन पश्चिमी चौ वंश तथा वसन्त-शरद्‍काल र युद्धराज्यकाल-2
2022-08-17 08:56:40cri
Share with:

चीनको इतिहासका प्रथम विचारक र महान् शिक्षाविद्‍ कन्फ्युसियसको जन्म यही वसन्त-शरद्‍कालको अन्तिम अवधिमा भएको थियो। कन्फ्युसियसले विगत सँस्कृति र विचारधाराको निचोड निकाल्दै वसन्त-शरद्‍कालको अन्तिम अवधिमा देखापरेको डाँबाडोल र अशान्त सामाजिक परिस्थितिका आधारमा अनेकन् न्याय, चरित्र र सामाजिक राजनीतिक समस्या बारे आफ्नो एक सिद्धान्त र तर्क प्रस्तुत गर्नुभयो र प्राचीन कन्फ्युसिज्मको सिर्जना गर्नुभयो।

        युद्ध-राज्य काल( इशापूर्व 403 देखि इशापूर्व 221 सालसम्म ) चीनमा पूर्वी चौ वंशका बहु-राज्यकालपछि रजौटाहरु बीच आ-आफ्नो प्रभुत्व जमाउन चर्को संघर्ष भएको अर्को अवधि थियो। त्यस वसन्त-शरद कालका बीच प्रष्ट सीमा त थिएन। केबल आजका मानिसहरुले प्रचलित बानीका आधारमा इशापूर्व 403 मा चाउ राज्य, हान राज्य र वै राज्य स्थापना भएको समयलाई त्यसको शुरुवात र इशापूर्व 221मा छिंग वं‍शले अरु छवटा मुलुकलाई पराजित पारी एकीकृत पार्नुभएको समयलाई त्यो समाप्त भएको समय ठानेका छन्।

        युद्ध-राज्य कालमा आएर चीनको अवस्थामा परिवर्तन भएको थियो। तीमध्ये ठूलो संख्याका ठूला र स-साना राज्य-रजौटाहरुलाई सखाप पारिएको थियो। बााकी छिंग, छु, येन, हान, चाउ, वै र छी यी सातवटा मुलुकहरु युद्ध-राज्य कालका मुख्य राज्य-रजौटाहरु थिए। त्यो युद्ध-राज्य कालमा विभिन्न मुलुकहरुले धुमधामसँग सुधार कार्य चलाएका थिए। तीमध्ये छिंग राज्यका शाङ्ग याङ्ग नाम गरेका एकजना सुधारकर्ताले अघि सार्नुभएको सुधार कार्य सबैभन्दा पूर्ण थियो र यसबाट सबैभन्दा ठूलो प्रभाव परेको थियो।

        युद्ध-राज्य कालमा वर्षैपिच्छे लगातार युद्ध भड्किने गरेको भए पनि चीनको प्राचीन सास्कृतिको विकास क्रममा रत्तिभर पनि असर परेन। तिनताका एक नवोदित सामाजिक श्रेणी स्नातक देखापरेको थियो। प्राज्ञिक शोध विद्या र ज्ञान त्यसको मुख्य आधार थियो। सो श्रेणीले समाजमा निकै सक्रियता देखाएको थियो। यसबाट प्राज्ञिक सँस्कृति अरु बढी विकसित हुँदैगयो। यसै बीच चीनको प्राचीन विचारधारा र सँस्कृतिमा इतिहासदेखिको पहिलो उच्च लहर उठेको थियो। यसमध्ये कन्फ्युसियस र मेन्सियसको प्रतिनिधित्वमा कन्फ्युनिज्म, लाउ च्, च्वाङ्ग च्, र ले च्को प्रतिनिधित्वमा ताउइस्म, हान फै प्रतिनिधी रहनुभएको लेगालिस्टस र मो च्को प्रतिनिधित्वमा रहेको मोहिज्मजस्ता सिद्धान्तको पछिका पुस्ताहरुले निकै ठीक मानेर अनुसरण गरेका थिए र गरेका छन्। यस्ता सिद्धान्तहरुको उदय भएबाट युद्ध-राज्य कालको विचारधारात्मक क्षेत्रमा "सयौं फूलहरु फुल्न दिने र सयौं विचारधाराहरु पोख्न दिने" जस्ता स्थिति देखापरेको थियो। ती सिद्धान्तहरुले तिनताकाको राजनीति र अर्थतन्त्रलाई निश्चित रुपमा उत्प्ररित गर्ने भूमिका खेलेको मात्र नभई त्यसको दूरगामी प्रभाव आजसम्म पनि परेको छ जुन चीनको विचारधारात्मक इतिहासको एक अमीट पाना बन्न पुगेको छ।

        इशापूर्व 230 मा छिंग वंशका प्रथम सम्राट यिंग चंगले मुलुकको एकीकरण गर्ने लामो अभियान शुरु गर्नुभएको थियो। 9 वर्षको अवधिमा उहाँले अरु छवटा मुलुकलाई जितेर इशापूर्व 221 मा चीनको एकीकरण गर्नुभएको थियो जसबाट करिब 600 वर्षसम्म टुक्रिएको चीनको अवस्थाको अन्त्य भएको थियो।