आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने
2022-08-17 15:34:24cri
Share with:

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।  वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै  आजदेखि ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला प्रयोग गर्न नपाइने बताएको हो।

विभागले वातावरणीय प्रदुषण न्यूनीकरण गर्नका लागि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको नागरिकन्यूज डटकमले जनाएको छ।

आजबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।