चीनको "उत्तरपूर्वी अन्न भण्डार"
2022-08-18 17:18:53cri
Share with:

अगस्ट १६ तारिख दिउँसो चीनका सर्वोच्च नेता सी चिनफिङले उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तको चिनचौ सहरको निरीक्षण गर्दा उत्तरपूर्वी क्षेत्रको पुनरुत्थान रणनीतिलाई गहन रूपमा अझ प्रवर्द्धन गर्नुपर्ने कुरा औंल्याउनुभयो। नयाँ युगमा सुधार र विकासअनुकूल औद्योगिक संरचनाको समायोजनमा गतिशीलता ल्याउँदै उत्तरपूर्वी क्षेत्रको पुनरुत्थानप्रति पूर्ण विश्वास पनि सीले व्यक्त गर्नुभयो।

उत्तरपूर्वी क्षेत्र भनेको चीनले १० लाख वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएको चीनका  हैलोङच्याङ, चिलिन र ल्याउनिङ यी ३ वटा प्रान्त हुन्। चीनको आधुनिकीकरणको क्रममा उत्तरपूर्वी क्षेत्रको के-कस्तो स्थान छ ? उत्तरपूर्वी क्षेत्र चीनको अन्न भण्डार मानिन्छ। सन् २०२१मा, यी ३ प्रान्तमा अन्न उत्पादनको कूल मात्रा १ खरब ४४.४५ अरब किलोग्राम पुगेको छ जुन सम्पूर्ण चीनको कूल उत्पादनको २१.२% हो। "चिनियाँ कचौरा" लाई सुरक्षित पार्नको लागि बितेका वर्षहरूमा उत्तरपूर्वी क्षेत्रमा तीव्र रूपमा प्रवर्द्धन गरिएको "संरक्षित खेती" को क्षेत्र ३३.३ लख हेक्टर पुगेको छ। साथै सन् २०२१को जुलाईमा, कृषि र ग्रामीण मामिला मन्त्रालय लगायत सात चिनियाँ मन्त्रालयले संयुक्त रूपमा "राष्ट्रिय मलिलो भूमि संरक्षण परियोजना कार्यान्वयन कार्यक्रम (२०२१-२०२५)" जारी गरे र उत्तरपूर्वी क्षेत्रका उर्बर भूमिको संरक्षणलाई राष्ट्रिय रणनीतिको स्तरसम्म पुर्याइयो। जुन विश्वव्यापी दिगो विकास लक्ष्यको कार्यान्वयन गर्दा चीनले गरेको महत्त्वपूर्ण योगदान पनि हो।