हाम्रो पार्टीले सक्दो प्रयासमार्फत जनताका लागि सेवा गर्छ भन्ने जनतालाई बुझाउनुपर्छ: राष्ट्राध्यक्ष सी चिनफिङ
2022-08-18 14:46:45cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख ल्याउ निङ प्रान्तको शन याङ शहरको ह्वाङ कु जिल्ला मातहतको मुतान आवास क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले आधारभूत तहको पार्टी निर्माण र जनताका लागि सेवा प्रदानलगायतका अवस्थाबारे जानकारी लिनुभएको छ।

 

निरीक्षणको अवधिमा राष्ट्राध्यक्ष सीले पुराना आवास क्षेत्रको परिवर्तन र सुधार कार्य जनताहरूको सुख र सुरक्षासँग प्रत्यक्ष सम्बन्ध रहेको भन्दै यो जनताको जीवन स्तरलाई उठाउने एक महत्वपूर्ण कार्य भएको कुरामा जोड दिनुभएको छ।   

 

चिनियाँ कम्युनिष्ट पार्टीले सक्दो प्रयासमार्फत जनताको सेवा गर्नुका साथै पार्टी सधैँ नै जनताको छेउ रहिरहने भन्ने कुरा जनतालाई बुझाउनुपर्छ भन्ने कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।