चीन युरोप रेलवे एक्सप्रेसद्वारा उच्च गुणस्तरीय “बेल्ट एण्ड रोड”को सँयुक्त निर्माणलाई प्रवर्द्धन
2022-08-18 10:51:42cri
Share with:

चालू वर्षको अघिल्ला सात महिना चीन युरोप रेलवे एक्सप्रेसले जम्मा गरी ८९९० रेलले ८लाख ६९हजार मानक बक्सको ढुवानी गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ४प्रतिशतले बढेको छ। यीमध्ये जुलाईमा १५१७ रेलले १लाख ४९हजार मानक बक्सको ढुवानी गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १२प्रतशितले बढेको छ जसबाट ऐतिहासिक उच्च रेकर्ड सिर्जना गर्दछ। चीन युरोप रेलवे एक्सप्रेसले सुविधा,सुरक्षित,स्थिर,हरियाली आर्थिक अन्तर्राष्ट्रिय रसद सेवाले अन्तर्राष्ट्रिय उद्योग आपूर्ति श्रृँखलालाई प्रत्याभूति गर्दै उच्च गुणस्तरीय “बेल्ट एण्ड रोड”को सँयुक्त निर्माणका लागि शक्तिशाली समर्थन दिन्छ।


हाल पल्लो शान सिको राष्ट्रिय रेल व्यापार लिमिडेट कम्पनीले दैनिक आवश्यकताहरु बोकेका ५० रेललाई सि आनको अन्तर्राष्ट्रिय बन्दरगाह स्टेशनबाट रुसी राजधानी मस्कोतर्फ प्रस्थान गरेको छ। यो यस कम्पनीले सि आन अन्तर्राष्ट्रिय बन्दरगाह स्टेशनमा बसेपछि सञ्चालन गरेको पहिलो चीन-युरोप रेल हो भने यससँग निकै महत्वपूर्ण भावार्थ रहेको छ। जसले ढुवानीको प्रवर्द्धन,स्वदेशी तथा विदेशी व्यापार, काठ विकास आदी क्षेत्रमा महत्वपूर्ण भूमिका सिर्जना गर्दछ।

 

यस वर्षयता चीन युरोप रेलवे एक्सप्रेसले सि आन,छुङ छिङ आदि शहर र रोमको निअ कोन्स्टान्टा nia constantaबीच नयाँ रेल-समुद्र संयुक्त ढुवानी लाइन खोल्छ। हालसम्म चीन युरोप रेलवे एक्स्प्रेसले युरोपका २४ मुलुकका २००शहर पुगेको छ। यसबाहेक अलाताव पास Alataw Pass, होरगोसkhorgos,मान चौ लि आदी बन्दरगाह र यसका पछाडी क्षेत्रको ढुवानी मार्गको विस्तार परियोजना धुमधामसँग भैरहेको छ भने जसले विभिन्न बन्दरगाहको ढुवानी क्षमतालाई उकासेको छ।

  

चीनको राष्ट्रिय रेलवे समूह लिमिडेट कम्पनीका सम्बन्धी जिम्मेवार व्यक्तिका अनुसार चीन युरोप रेलवे एक्सप्रेसको रणनीतिक ढुवानी भूमिकालाई खास तथा प्रभावकारी निर्वाह गर्दै स्वदेशी तथा अन्तर्राष्ट्रिय दोहोरो परिसंचरणलाई सहज बनाउन र स्थिर तथा स्वस्थ आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउँदै जाने छ।