हावामा तैरिने रेल
2022-08-18 21:06:26CRI
Share with:

यो चीनबाट विकास तथा उत्पादित विश्वको पहिलो स्थायी चुम्बक म्याग्लेभ स्काई रेल हो। पहिलेका म्याग्लेभ रेलहरूको तुलनामा, यो नयाँ प्रकारको रेलका दुईवटा श्रेष्ठता छनः एउटा भनेको ऊर्जाको बचत हो। यस पटक चीनले रेयर अर्थ खानीको प्रयोग गरेपछि बिजुली बिना नै प्राकृतिक रूपमा रेल चल्न सक्छ, यसो गर्दा ऊर्जाको बचत हुन्छ। दोस्रो, कम खर्च हुन्छ। यस प्रकारको रेल बनाउन भूमिगत रेल(सबवे)को खर्चको २० प्रतिशतले मात्रै पुग्छ। हरित, स्मार्ट, सुरक्षित र किफायती नै यस किसिमको रेलका श्रेष्ठता हुन्।