बन्दुक निर्माता स्मिथ एन्ड वेसनका सीईओद्वारा बन्दुक हिंसामा राजनीतिज्ञहरूमाथि दोषारोपण
2022-08-19 15:37:41cri
Share with:

यस वसन्तमा ब्याक-टु-ब्याक सामूहिक गोलीबारीपछि बन्दुक निर्माताहरूमा कङ्ग्रेसको अनुसन्धानबीच स्मिथ एण्ड वेसनका सीईओ मार्क स्मिथले हिंसात्मक अपराधको लागि राजनीतिज्ञहरू र मिडियाको आलोचना गर्दै एक सन्सनीपूर्ण भनाइ जारी गरेका छन्।

ट्वीटरमा सोमबार पोस्ट गरिएको बयानमा उनले धेरै राजनीतिज्ञहरू र मिडियाका साझेदारहरूले आफ्नो कम्पनीलाई अपमानित गर्न खोजेको र बन्दुक बनाउनेहरूलाई दोष दिन खोजेको आरोप लगाए। यसअघि स्मिथले हाउस ओभरसाइट कमिटीको अगाडि बयान दिन अस्वीकार गरेका थिए। उनले राजनीतिज्ञहरूले कानून राजको मान्यता लत्याएर अराजकताको संस्कृतिलाई प्रश्रय दिएकाले अपराधको लहर निम्तिएको टिप्पणी गरे। उनले लेखेका छन्, ‘हिंसा र अराजकताको वृद्धिमा तिनीहरू नै दोषी छन्।’

सन् २०२१ को तुलनामा यस वर्षको पहिलो आधामा हत्या दर अलिकति घटेको छ, तर पनि महामारीअघि भन्दा झन्डै ४० प्रतिशत बढी रहेको छ। फौजदारी न्याय परिषद्को गत महिना जारी गरिएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ। थिंक ट्याङ्कले रिपोर्ट गरिएको डकैती र सम्पत्ति अपराधको प्रतिशतमा पनि तीव्र गिरावट आएको पाइएको छ।