सबैभन्दा सुन्दर चिकित्सक फान फङ
2022-08-19 10:45:44cri
Share with:

 

अगष्ट १९ तारिख पाँचौँ चिनियाँ चिकित्सक दिवस हो। यस अवसरमा चीनको दक्षिण पश्चिमी भागको क्वै चौ प्रान्तको छ्येन सी जिल्ला मातहतको लु कौ थाङ गाउँका गाउँलेहरूले चिकित्सक फान फङलाई “सन् २०२२ को सबैभन्दा सुन्दर चिकित्सक” को सूचिमा मनोनित गरेका छन्।

 

बितेका २२ वर्षयता चिकित्सक फान फङले एउटा सानो बक्स बोकेर पहाड पार गरी हजारौँ दूरीको बाटो हिँडेर घरघर पुगेर चिकित्सा सेवा प्रदान गर्दै आउनुभएको छ। उहाँलाई स्थानीय बासिन्दाहरूले “पहाडी क्षेत्रमा रहेकी सेती देवता” र “म्याउ जातीय बसोबास क्षेत्रमा रहेकी स्वास्थ्य रक्षक” भनेका छन्।

 

उहाँले आफ्नो युवाकाल म्याउ जातीय बसोबास क्षेत्रमा बिताउनुका साथै आफ्नो सेवामार्फत त्यहाँका बासिन्दाहरूलाई न्यानो माया दिनुभएको छ।