लक गरिएका क्यानबाट अमेरिकी सुरक्षा स्थिति छताछुल्ल
2022-08-19 16:49:06cri
Share with:

३.९९ डलरको मासु क्यान किन चोर-प्रतिरोधी बाकसमा बन्द गरिएको छ? एकै रातमा किन पसल चार चोरहरुद्वारा पटक-पटक गरी चोरिएको छ? तर यी अचम्मका घटना अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा भएका हुन्। स्थानीय मिडियाले दिएको जानकारीअनुसार, हाल न्यूयोर्कमा चोरी अपराधमा तीव्र वृद्धि भएका हुनाले केही शपिंग मल र सुपरमार्केटले बाध्यतावश मासु क्यान, टूथपेस्ट र साबुनजस्ता सस्तो सामानहरू पनि लक गरेर बच्नुपर्छ।

हाल, उच्च अपराध दरको संकट अमेरिकामा फैलिएको छ। बढ्दो चोरी अपराधबाहेक अमेरिकीहरूको लागि बन्दुक हिंसा र घृणा अपराधहरू पनि दुःस्वप्न बनेका छन्।

अमेरिकी गैर-पक्षीय संस्था "क्रिमिनल जस्टिस कमिटी" बाट प्रकाशित " सन् २०२२ वर्षको मध्यमा अमेरिकी अपराध प्रतिवेदन "बमोजिम, वर्षको पूर्वार्धमा २३ अमेरिकी शहरको तथ्याङ्कका आधारमा हत्या मुद्दाको संख्या सन् २०१९को सोहि अवधिको तुलनामा ३९ प्रतिशत बढेको छ। यसबाहेक, २९ प्रमुख अमेरिकी शहरमा, डरलाग्दा आक्रमण र लुटपाट अपराध छुट्टा-छुट्टै ४ र १९ प्रतिशतले, सम्पत्तिसम्बन्धी अपराध ६ प्रतिशतले र चोरी अपराध २० प्रतिशतले वृद्धि भएका छन्।

अमेरिका सधैं विश्वमा हिंसात्मक अपराध दर उच्चतम भएको देश हो। हाल झन् झन् खराब बन्ने अवस्थाको प्रत्यक्ष कारण महामारी र मुद्रास्फीति आदि हुन्।

दीर्घकालमा उच्च अपराध दर अमेरिकी समाजको एक पुरानो रोग हो। यो बन्दुक हिंसा, जातीय भेदभाव, सम्पत्ति बाँडफाँड, र न्यायिक अन्याय लगायत धेरै समस्याहरूको साझा नतिजा हो।

महामारी विरुद्धको लडाइको असफलताबाट दीर्घकालीन सामाजिक द्वन्द्वको प्रवर्द्धन, अमेरिकी सरकार उच्च अपराध दरको कारणबारे स्पष्ट रूपमा थाहा पाउँछ। तर त्यसले कैदी जेलमा राख्नुबाहेक कुनै काम गरेको छैन। यद्यपि अमेरिकाको जनसंख्या विश्वको जनसंख्याको ५ प्रतिशत मात्र भए तापनि कैदीको संख्या विश्वको २५ प्रतिशत पुगेको छ। त्यसै गरी गणना गर्दा अमेरिकी कारावास दर विश्वव्यापी सरदर कारावास दरको पाँच गुणा रहेको छ। विश्वको एउटा मात्रै सूपर शक्तिशाली मुलुकमा बसे तापनि सर्वसाधारणको जीवन असुरक्षाको डरमा परेको छ। यो अमेरिकी सरकारको शासनको असफलता हो र अमेरिकी मानवअधिकारको दाग पनि हो।

कही दिनअघि "वाशिंगटन पोस्ट"को अर्को जानकारीले अमेरिकीहरूमा चिन्ता थपेको छ। जुलाईमा अमेरिकामा बन्दुकको बिक्री १२ लाख भन्दा बढी रहेर नयाँ रेकर्ड सिर्जना गरेको छ। आफ्नो सुरक्षाको लागि, झन् झन बढी अमेरिकीहरूले बन्दुक किन्छन्, अर्कातिर जसले धेरै मानिसहरूलाई सुरक्षाका लागि चिन्ता जगाएको छ। यो एक दुष्ट्याइँको सेरोफेरो हो। नम्बर एक भनिएको शक्तिशाली अमेरिका यो राष्ट्रिय संकटबाट बच्न सक्छ कि? आफ्नै नागरिकको सुरक्षा पनि गर्न नसक्ने देश कसरी तथाकथित ‘विश्व प्रहरी’बन्न सक्छ?