विश्व व्यावसायिक तथा प्राविधिक शिक्षा विकास सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2022-08-19 17:14:15cri
Share with:

अगस्ट १९ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व व्यावसायिक तथा प्राविधिक शिक्षा विकास सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले यसरी भन्नुभयो, ‘व्यावसायिक शिक्षा आर्थिक सामाजिक विकाससँग घनिष्ट सम्बन्ध रहेकोले रोजगारी र उद्यमशीलताको प्रवर्द्धन, आर्थिक सामाजिक विकासको प्रवर्द्धन र जनताको हित-कल्याणको सुधारको लागि ठूलो महत्व रहेको छ।’

चीनले व्यावसायिक शिक्षाको उच्च गुणस्तरीय विकासलाई सक्रिय रूपमा अघि बढाउनुका साथै चिनियाँ र विदेशी देशहरूबीच व्यावसायिक शिक्षा सम्बन्धि आदानप्रदान तथा सहयोगको पनि समर्थन गरिरहेको पनि सीले औंल्याउनुभयो। चीनले विश्वका अन्य देशहरूसँग एक अर्कासँग सिक्ने, विश्वव्यापी विकासलाई व्यवहारमा उतार्न र संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका एजेन्डा २०३०को कार्यान्वयनमा गतिशीलता दिन योगदान दिँदै जाने इच्छा लिएको पनि उहाँको भनाइ थियो।

"महामारीपश्चात् व्यावसायिक र प्राविधिक शिक्षाको विकासः नयाँ परिवर्तन, नयाँ तरिका, नयाँ सीप" भन्ने यस पटकको सम्मेलनको मुख्य विषयसूची हो। यो सम्मेलन चीनको शिक्षा मन्त्रालय र थ्यानचिन नगरपालिका सरकारको आयोजनामा भइरहेको छ।