"पृथ्वी ग्राममा" अमेरिकाको यस्तो बदमासी
2022-08-20 16:39:21cri
Share with:

अगष्टको एक दिन, उत्तर-पूर्वी सिरियाको हसेक प्रान्तस्थित पेट्रोल क्षेत्रमा, अमेरिकी सैनिकहरूले दर्जनौं तेल ट्याङ्कर चलाएर, पेट्रोल चोरेर अवैध सीमा नाका हुँदै इराकमा तैनाथ अमेरिकी सैन्य आधारमा पुर्‍याएका थिए। यो अगष्टमा अमेरिकी सेनाले छैटौं पटक पेट्रोल चोरेको हो।

यसका साथै सिरियाको राजधानी दमास्कसका सडकमा मानिसहरू सीमित मात्रामा पेट्रोल किन्नका लागि चर्को घाममुनि लाइनमा घण्टौं वा २४ घण्टासम्म उभिनुपर्छ। सिरियाको आधिकारिक तथ्याङ्क अनुसार, सन् २०२१ मा सिरियाको ८० प्रतिशतभन्दा बढी पेट्रोल अमेरिकाको हातमा थियो। अमेरिकी सेनाको पेट्रोल चोरी बढनुका साथै अगष्ट ७ तारिखदेखि सिरियामा पेट्रोलको मूल्य करिब १२७ प्रतिशतले बढेको छ।

अमेरिकी सेनाको कालो हात सिरियाको स्तम्भ कृषि गहुँमा फैलिएको छ। पहिले सिरिया अनाज निर्यातकर्ता थियो, त्यसमध्ये हरेक वर्ष गहुँको औसत उत्पादन लगभग ५० लाख टन हुनुका साथै करिब २० लाख टन निर्यात भएको थियो। तर अमेरिकाको गैरकानुनी सैन्य हस्तक्षेपले सिरियाली राष्ट्रिय स्रोत लुटपाट हुनाले अहिले लगभग ९० प्रतिशत सिरियाली जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेको छ।  विश्व खाद्य कार्यक्रमको अनुमानमा हाल सिरियाका करिब १करोड २४लाख सर्वसाधारणलाई खाद्यान्नको अभाव छ। अमेरिकाले मुखमा आतंकवादमाथि प्रहार गर्ने चाहना भए तापनि वास्तवमा त्यसको कार्य आतंकवाद नै भएको हसेक प्रान्तका एकजना बासिन्दाले बताए।

पेट्रोल चोर्ने, खाद्यान्न लुट्ने, मास्क लुट्ने, अमेरिकामा राखिएको अन्य देशको सुन फिर्ता गर्न अस्वीकार गर्नेबाहेक अमेरिकाले प्रतिबन्धको नाउँमा अरू देशको सम्पत्ति पनि ओगट्छ। सन् २०१९ मा अमेरिकाले अमेरिकामा भेनेजुएला सरकारको सबै सम्पत्ति रोक्का गर्यो। युक्रेन संकटपछि, अमेरिकाले अमेरिकास्थित रूसी सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको सम्पत्ति रोक्का गरेको छ। अमेरिकाले अफगानिस्तानी केन्द्रीय बैंकको ७ अर्ब डलरको सम्पत्ति पनि रोक्का गरेर त्यसको आधा हिस्सा "९.११" घटनाका पीडितलाई क्षतिपूर्ति दिने योजना बनाएको छ। अफगानिस्तानी अन्तरिम सरकारले आलोचना गर्छ-"सबैभन्दा धनी देशले सबैभन्दा गरिब देशको पैसा चोर्छ, जसले अमेरिकाको गाढा नैतिक चरित्र स्पस्ट पारेको छ"। गत वर्षको फेब्रुअरीमा, अमेरिकाले जबरजस्ती एक इरानी जहाज रोकेर, त्यसमा भएको लगभग २०लाख ब्यारेल कच्चा पेट्रोल बेचेर ११ करोड डलर कमाएको थियो।

अमेरिकाको बदमासी पृथ्वीग्रामका लागि प्रकोप बनिसकेको छ।