विश्व चुचुरो हुँदै सुविधाजनक यातायात #समाचार सन्दर्भ
2022-08-20 15:10:37cri
Share with:

सन् २०२२ को अगस्ट १० मा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले चीनको शानतोङ प्रान्तीय छिङताउमा नेपाली विदेशमन्त्री नारायण खड्कासँग भेट-वार्ता गर्नुभयो। सोही अवधिमा वाङ यीले यसरी घोषणा गर्नुभयो, ‘चीनले चीन-नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययनमा नेपाललाई दिने रकम प्रयोग गर्ने छ र चालू वर्षभित्र सर्वेक्षण गर्न विज्ञहरुलाई नेपाल पठाउनेछ।’

त्यसपछि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आयोजित नियमित पत्रकार सम्मेलनमा फेरि पुष्टि गर्नुभयो, ‘दुई देशका परराष्ट्र मन्त्रीको वार्तामा हिमालय पार अन्तरसम्पर्क जोड्ने त्रि-आयामिक सञ्जालको निर्माण गर्ने सहमति भयो। माथिको समाचारबाट सम्बन्धित कामको निश्चित समय मात्र नभई चीन-नेपाल रेलमार्ग निर्माणमा चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने कुरालाई पनि स्पष्ट पारिएको छ। यसको अर्थ के हो भने चीन-नेपाल हिमालपार अन्तरसम्पर्क त्रि-आयामिक सञ्जालको निर्माणमा वस्तुगत कदम चालिएको छ।

भविष्यमा चीन-नेपाल रेलमार्गको निर्माण पूरा भएपछि नेपालले समुद्री मार्ग प्रयोग गरेर मध्य एसियासँग जोडिने बाटो खोल्नेछ साथै सम्बद्ध मुलुकहरूबीचको सम्बन्धको प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ। चीन र नेपाल दुई मुलुकबारे चर्चा गर्दा यसो गरेपछि नेपालको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुर्याउनेछ। साथै द्विपक्षीय व्यापारको आकारलाई पनि बढाउनेछ र चीनको तीव्र विकासबाट नेपालले फाइदा लिन सक्ने विश्वास छ।

यो नयाँ प्रगतिले नेपालमा मात्रै नभई चिनियाँ जनतामा पनि एकमतले समर्थनको आवाज फैलिएको छ। यो समाचार वेइबो, विच्याटलगायतका विभिन्न चिनियाँ सामाजिक सञ्जालमा धेरै पढिएको, सेयर र कमेन्ट गरिएको समाचारमध्येको एक बन्न पुगेको छ।

चिनियाँ नेटिजनहरूले यसरी टिप्पणीहरू छोडेका छन्:

“बेल्ट एण्ड रोड” हिमालय पार हुनेछ, यो मानवजातिको महान् कार्य हो।

मेरो जीवनअवधिमै पक्कै रेलमार्ग नेपाल पुग्नेछ।

बाल्यकालको सपना साकार हुन्छ कि के?

नेपालमा भारतको प्रभावमा ठूलो खैलाबैला हुनेछ, नेपालको वैदेशिक व्यापार भारतमाथि निर्भर हुने छैन।

हाम्रो (चिनियाँ) सरकारले जे भन्छ त्यसलाई पक्कै व्यवहारमा उतार्छ।

यी सन्देशहरूले चीन-नेपाल रेलमार्गको छिटो निर्माण र सञ्चालनका लागि चिनियाँ जनताको ठूलो अपेक्षा देखाउनुका साथै दुई देशका जनताबीचको गहिरो मित्रता पनि झल्काउँछ। मन जोडेर संसारको छत पनि समतल बाटो बन्नसक्नेछ!