"चीन व्यावसायिक शिक्षा विकास श्वेतपत्र" सार्वजनिक
2022-08-20 16:47:25cri
Share with:

पहिलो विश्व व्यावसायिक तथा प्राविधिक शिक्षाको विकास सम्मेलन थेनचिनमा आयोजना भइरहेको छ। अगस्ट २० तारिख चीनको शिक्षा मन्त्रालयले "चीनमा व्यावसायिक शिक्षाको विकास श्वेतपत्र" सार्वजनिक गरेको छ।

श्वेतपत्रका अनुसार, व्यावसायिक शिक्षा राष्ट्रिय शिक्षा प्रणाली र जनश्रोत विकासको महत्वपूर्ण अंग हो। लामो समयको अभ्यासपछि, चीनमा अद्वितीय विशेषतायुक्त आधुनिक व्यावसायिक शिक्षा विकासको तरिका बनेको छ।

श्वेतपत्रमा यसरी जनाइएको छः चीनले व्यावसायिक शिक्षालाई राष्ट्रिय शिक्षा प्रणाली र जनश्रोत विकासको महत्वपूर्ण भागको स्थान दिएको छ। जसबाट आधुनिक व्यावसायिक शिक्षाको विकास प्रणाली स्थापित भएको साथै चिनियाँ शैलीको आधुनिकीकरण बाटोमा बलियो व्यावसायिक शिक्षा शक्ति थपिएको छ।

सहयोग र आदानप्रदानको मञ्चको निर्माण गर्ने, चीनमा व्यावसायिक शिक्षा सुधारका उपलब्धिहरू विश्वसँग बाँड्ने नै चीनको सदिच्छा हो भन्ने कुरामा पनि सो श्वेतपत्रमा जोड दिइएको छ। चीनले आफ्नो क्षमतामा निरन्तर थप जिम्मेवारी र दायित्वहरू बहन गर्दै विश्वव्यापी शिक्षा संचालनमा चिनियाँ प्रस्ताव प्रस्तुत गर्दै जाने छ र मानव जातिको संयुक्त भाग्य समुदायको निर्माणमा शैक्षिक शक्ति भन्ने योगदान दिँदै जानेछ।